Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबी भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । नेतात्रयको भेटवार्तामा सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ ।

Read More

एजेन्सी, सोसल मिडिया प्लाटर्फम ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पद छाड्ने घोषणा गरेका छन् ।मस्कले कम्पनीको नयाँ सीईओको छनोट गरिसकेको भन्दै नयाँ नेतृत्वले छिटै नै पद सम्हाल्ने उनले जनाएका छन् । लिन्डा याक्कारिनो नयाँ सीईओ बन्ने निश्चित भएको छ । मस्कले लिन्डालाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘म ट्वीटरको नयाँ सीईओको रुपमा लिन्डा याक्कारिनोलाई स्वागत गर्न उत्साहित छु ।’ उनले ट्वीटर रुपान्तरणका लागि लिन्डासँग काम गर्न आफू उत्सुक भएको पनि बताएका छन् । लिन्डाले केही दिनपछि काम सुरु गर्नेछिन् ।

Read More

काठमाडौं । राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो। आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो। उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझायो। अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो। एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका…

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौँको नक्सालमा प्रदर्शन गरिएको थियो । नक्सालमा गरिएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, वुद्धिजीवीलगायत सहभागी थिए । अधिकांश वक्ताले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन गरी दोशीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए। उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाई…

Read More

काठमाडौं। ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ‌। दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् । साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् । शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए ।

Read More

काठमाडौं। नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ। बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो । उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए । उनले पक्राउ पर्नेवितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

Read More

काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण बुधबार विहान उनकै निवासबाट पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो । यसअघि गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यस्तै सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी हालसम्म फरार छन् ।

Read More

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै शुरू भएको दोस्रो चरणको आन्दोलनको पहिलो दिनमै झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनले उग्ररुप लिएको छ । झडपको क्रममा आन्दोलनकारीतर्फ प्रहरीले गोलीसमेत चलाएको छ । सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन् । यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो…

Read More