Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहारमा दोषी ठहर भएका छन् । ट्रम्पलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै पीडितलाई ५० लाख डलर क्षतिपूर्ती दिनुपर्ने फैसला सुनाएको हो । एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन । यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ ।

Read More

मोरङ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेत रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । बेलबारी नगरपालिका-७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड । झापाको बिर्तामोडस्थीत नयाँ उज्यालो वचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसका अवसरमा स्थानीय वाल आश्रमलाई सहयोग गरेको छ । बिर्तामोडमा रहेको नमस्ते तारा वाल आश्रममा रहेका वालवालिकाहरुलाई खाद्य सामग्री हस्तान्तरण गरेको नयाँ उज्यालो सहकारीले १२ स्थापना दिवस मनाएको संस्थाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलले बताउनु भयो ।  वाल आश्रममा रहेका २३ जना वाल वालिकाका लागि पाँच हजार मुल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको सहकारी संस्थाका अध्यक्ष पौडेलले बताउनु भयो । वाल आश्रमका अध्यक्ष नारायण पोखरेल र कोषाध्यक्ष यसोदा चापागाईलाई खाद्य सामग्री हस्तान्तरण गरिएको पौडेलले जानकारी दिनु भयो । ७७ जनाले पाँच हजारका दरले तिन लाख ८५ हजार शेयर पुँजीबाट शुरु…

Read More

केरला । भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन । दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी शुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो । एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । छ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ । स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका…

Read More

नयाँ दिल्ली । भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो । हनुमानगढका एसपी सुधीर चौधरीका अअनुसार दुई महिलाको घटनास्थलमै र अर्काे एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् । घाइते तीनजनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।

Read More

काठमाडौं । आज देखी काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए । जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

Read More

उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ । हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका भारतीय मिडियाले बताएका छन् । मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारीसाधन र घरमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्यास प्रहार गरेपछि अशान्ति सुरु भएको थियो । सेनाले म्यान्मारसँग सीमा जोडिएको राज्यमा हजारौँ सैनिक तैनाथ गरेको छ भने कसैलाई हिंसात्मक गतिविधि फैलाउने ‘चरम अवस्थामा’ ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गर्दै इन्टरनेट सेवा पनि बन्द गरेको छ । सेनाले आइतबार रातभर कुनै ठूलो झडप नभएको र चुराचन्दपुर जिल्लामा बिहान ७ देखि…

Read More

(सीएनएन) ।  बालुवामा शहर निर्माणलाई धेरैले स्वैरकल्पना भनिदिन्छन् । तर कतारले यसलाई वास्तविकतामा परिणत गरेको छ । राजधानी दोहादेखि १० माइल परको लुसेलमा कतारले शहर निर्माण गरिरहेको छ । लुसेलमा हिजोआज कतारमा बस्ने हरेक राष्ट्रका नागरिकका लागि खानपानको स्टल राखिएको छ । यहाँ हरेक साँझ पार्टी छ । सन् २०२४ मा त्यहीँ नै कतारले ठूलो खानपानको महोत्सव आयोजना गर्दैछ । भविष्यको शहरका रूपमा कतारले सन् २००६ देखिनै लुसेलमा संरचना निर्माण थालेको थियो । फुटबलको विश्वकप आयोजनाको निर्णयअघिनै उसले लुसेललाई दिगो शहरका रूपमा विकास गर्दै थियो । लुसेल त्यही शहर हो जहाँ फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल आयोजना भएको थियो ।…

Read More

काठमाडौं । अमेरिकाको टेक्ससस्थित एलन शहरको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएर किनमेलका लागि आएका मानिसहरुको हत्या गरेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि मारिएका छन् । गोली चलेपछि सुरक्षाकर्मीहरुले सपिङ मलबाट सयौं मानिसहरुलाई सुरक्षित बाहिर निकालेका थिए । एक तथ्यांक अनुसार अमेरिकामा यसै वर्षमात्र १९८ पटक गोली प्रहारका घटना भएका छन् । हप्ता दिन अगाडिमात्र टेक्सासमा एक व्यक्तिले ९ वर्षीय बच्चासहित ५ जनाको हत्या गरेका थिए ।

Read More

मेचीनगर । वडा नं.४ मेचीनगरको आयोजनामा तीनदिने योगा प्रशिक्षण सम्पन्न भएको छ ।शुक्रबारबाट बाहुण्डाँगी बजार स्थित सामुदायिक हलमा सुरुभएको योगा प्रशिक्षण कार्यक्रम आज आइतबार सम्पन्न भएको छ । सो तीनदिने योगा प्रशिक्षणमा हाम्रो खानपिन, आयुर्वेद र योगाको आवस्यकता विषयवस्तु तथा स्वास्थ जीवन बाँचौं उद्वेश्य सहित प्रशिक्षण भएको हो। आयुर्वेद चिकित्सक डा.नवीन बास्तोला, योगा प्रशिक्षक गोपाल सेढाई र प्रशिक्षार्थी कमला बस्नेतलाई वडा कार्यलय कक्षमा वडा अध्यक्ष अर्जुन कुमार कार्कीले धन्यवाद स्वरुप खदा अर्पण तथा सम्मान गर्नु भएको छ। त्यस्तै सो प्रशिक्षणमा आयुर्वेद चिकित्सक डा.नवीन बास्तोला र योगा प्रशिक्षक गोपाल सेढाईले औषधी, योगा प्राक्टिकल र खानपीन सम्बन्धी वृद्धवय र जवानहरुगरि ४० जनालाई…

Read More