Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ । त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो । भारत पाकिस्तान बिचको बढदो तनाव पछि अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । अमेरिकाले लेखेको छ, ‘ड्रोन विस्फोट, ड्रोन खसालेको र लाहोर र वरपरको हवाई क्षेत्रमा सम्भावित घुसपैठको रिपोर्टका कारण लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर कर्मचारीहरूलाई खाली गर्नुहोला…

Read More

इस्लामाबाद । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ । पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे । उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ । यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी…

Read More

काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्वगरेका थिए। यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।

Read More

झापा । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् ।झापाको बिर्तामोडमा आयोजित मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्वत संयोजकमा चयन गरेको हो । चार वटा पहिचानबादी पार्टीहरुको एकीकरण पछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञान वहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तगार भएको हो । मोर्चाको सह संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीर वहादुर राई, कालिवहादुर खेवाङ,…

Read More

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने घटनामा पक्राउ  परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ। उक्त घटनाको छानबिन गर्नुपर्ने र पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले मृतकलाई सहिद घोषणा गर्नुपर्ने तथा सरकारका मन्त्रीहरूको राजीनामासमेत माग गरेको छ।

Read More

काठमाडाैं । काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले १११ जनालाई पक्राउ गरेको छ। प्रदर्शनमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको छ। प्रहरीले २५ जनालाई विभिन्न प्रहरी वृत्तबाट, ४६ जनालाई कोटेश्वरबाट, ९ जनालाई गौशालाबाट र अन्य विभिन्न स्थानहरूबाट पक्राउ गरेको जनाएको छ। यस घटनामा दुई जनाको मृत्यु भएको छ र ५५ प्रहरी र ५१ प्रदर्शनकारी घाइते भएका छन्। तोडफोड, आगजनी र लुटपाटका घटनाहरू विभिन्न कार्यालय र गाडीहरूमा भएका छन्।

Read More

काठमाडौं । राजावादीहरुले जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएका उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ । यसअघि उनीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका थिए भने आलोकनगरस्थित एकिकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै उनीहरुले तिनकुनेस्थित एक निजी घरमा आगजनी समेत गरेका थिए ।

Read More

काठमाडौँ। काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ। प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने ग्यास गन नै खोसेका छन्। राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो। तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए। प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो। प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गर्ने गन नै प्रदर्शनकारीले खोसेर भागेका छन्। तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।

Read More

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ । प्रसाईँले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी घृणास्पद अभिव्यक्ति दिएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार व्युरोमा दर्ता पनि भइसकेको छ ।

Read More

१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको घिसिङले दावी गरेको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । सर्वोच्च अदालत…

Read More