Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

झापा । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन गर्नु हुँदै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । एसियन हाइवे को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको…

Read More

झापा । झापाका प्रहरी उपरीक्षक मिलन केसी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन्। २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच केसीलाई अर्यालले सम्मान गरे। अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे। सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। केसी एक वर्षदेखि झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत् रहेका छन्। उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण…

Read More

एजेन्सी। एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू…

Read More

एजेन्सी। इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो। प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्। इजरायलले हालसालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो। – न्युज अफ नेपाल

Read More

झापा । धरानमा खानेपानीको चरम अभाव भएपछि उप–महानगरपलिका प्रमुख हर्क साम्पाङ्गनै हातमा रित्तो गाग्री बोकेर विरोध प्रदर्शनमा उत्रिएका छन् । केन्द्रीय सरकारले अत्यन्तै धेरै बिभेद गरेको छ धरानलाई । पहिले पनि सरकारले सहयोग गरेको होइन ऋण दिएको हो, अझै ५६ करोड ऋण तिर्न बाँकि भएको मेयर साम्पाङ्गको भनाइ छ । उप महानगर प्रमुख आफै आक्रोशमा आएर केन्द्रीय सरकारले, खाने पानी मन्त्री, प्रधान मन्त्रीले धरानको लागि खै के गर्नु भएको छ र ? म प्रश्न गर्न चाहन्छु । यहाँ राष्ट्रिय गौरवका योजनाहरु पारिएका छैनन् , त्यो यहाँ केन्द्रीय सरकारले पार्नु पर्यो । धराने जनताले जहिले जहिले पानीको काकाकुल बन्नुपर्ने ? पहिले…

Read More

तरुण राई, ६ मंसिर,धुलाबारी। एक्का नेपालको सहकार्यमा ‘परिवर्तनका लागि यूवा’द्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित मेची अन्जुमन इस्लमिया मदरसाको प्राङगणमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ‘परिवर्तनका लागि यूवा’का काउन्सेलर चाँदनी अन्सारीले महिलामा हुने महिनावारी धार्मिक दोष नभएर यो प्रकृति प्रक्रिया भएकोले महिनावारी भएका बेला विशेष आहार र सरसफाइ गर्नुपर्ने बताउनु भयो साथै महिनावारी हुँदा कसरी सरसफाइ गर्ने तौर तरिकाबारेमा जानकारी दिनुभयो । परिवर्तनका लागी यूवा’का काउन्सेलर प्रियंका दनुवारले महिनावारी हुँदा पुन प्रयोग गर्न मिल्ने प्याड सम्बन्धी प्रयोग गर्ने बिधि र सरसफाइ गर्ने तरिकाको बारेमा जानकारी दिनुभयो। मेची अन्जुमन इस्लमिया मदरसाका मौलाना राज अलीले यस प्रकारको…

Read More

काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

Read More

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ । यस्तो छ मुल्यसुची:

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए । तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् । यसअघि सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक…

Read More

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका  रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतवार देखी सुरू भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिएकाे हाे ।…

Read More