काठमाडौं । कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ । कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्याएको छ । कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको त्यहाँका प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् । दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो ।
Author: सन्देश पोस्ट
विराटनगर । एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् । तर निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’ यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी…
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । राष्ट्रिय सभाको चौथो अधिवेशनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशनसबन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेस गर्ने कार्यक्रम रहेको छ । साथै, अर्थमन्त्री ड.प्रकाशशरण महतले आव २०८०/०८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल…
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभयो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।” एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राख्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका…
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिवार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो । कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए।
इलाम । इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चार जना भारतीय मजदुरको पुरिएर मृत्यु भएको छ । शुक्रबार साझ घरको जगको प्लम हाल्दै गर्दा माथीबाट झरेको सुक्खा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय बिनोदश्रेष्ठको घर निर्माणको काम उनीहरुले आजैबाट थालेका थिए । मृतक १८ देखि २५ बर्ष उमेर समुहका छन् । पुरिएर मृत्यु हुँनेमा भारतको किसनगंज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएकोइलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भयो । घर निर्माणका ठेकेदार ममत अलाम सहित चार जना भागेर बाच्न सफल भएका छन्।…
काठमाडौं । काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् । सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए । news of nepal
खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
काठमाडौं । वैशाख शुक्ल पूर्णिमामा किरातसमुदायले उभौली पर्व मनाउँदै छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने समयको रूपमा यो समुदायमा उभौलीको महत्त्व छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जंगली जनावर पनि उँभो लाग्ने यो समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। मार्गशीर्ष (मंसिर) शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस वैशाख शुक्ल पूर्णिमादेखि उँभो लाग्छन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको अनुसन्धाता कीर्तिकुमार दुमी राईले बताए। ‘उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस्…
काठमाडौँ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित…