Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

मेचीनगर । मेचीनगरबाट करिब १७ लाख मुल्य बराबरको अवैद्य सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत निन्दा पुल नजिकैबाट उक्त मुल्य बराबरको अवैद्य सामानहरु नियन्त्रणमा लिएर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको हो । प्रहरीले नियन्त्रणमा लिएका सामानहरुमा भारतिय नंबर प्लेटको एउटा मारुतीसहित अवैद्य रुपमा ल्याउँदै गरेको इलेक्ट्रिक सामान, मोटर्स पार्टसहरु रहेका छन् ।  ‘१६ लाख ८९ हजार भन्दा बढी मुल्य बराबरको अवैद्य सामानहरु बरामद गरी आवयश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।’ सशस्त्र प्रहरीले उपलब्ध गराएको सुचनामा भनिएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताए। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ ले औंल्याएका विषयमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रस्तुतीकरण गरेका थिए। उनले बेरुजु फछ्र्योटका सन्दर्भमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम, नीतिगत सुधार र अर्थ प्रशासनसँग जोडिएकाले गर्नुपर्ने कामलगायत विषयमा प्रस्तुतीकरण केन्द्रित थियो। आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै…

Read More

काठमाडौं । आन्तरिक युद्धमा फसेको अफ्रिकी मुलुक सुडानमा रहेका १९ जना नेपाली त्यहाँबाट फर्किएका छन्। सुडानमा दुई सुरक्षा निकायबीच अहिले द्वन्द्व चर्किएको छ। परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहसँग सम्पर्क गरेको थियो । इजिप्टस्थित दूतावासकै पहलमा सुडानमा रहेका १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको हो। तीमध्ये ६ जना युएईमै बस्ने भएका छन् भने बाँकी १३ जना नेपाल फर्कने भएका हुन्। तीमध्ये ८ जना बुधबार राति नै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ भने बाँकी ५ जना बिहीबार आइपुग्नेछन्।

Read More

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो। यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ। यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर…

Read More

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

Read More

काठमाडौं । सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ । यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुनेछ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ-आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ । यसअघि पनि युद्धविरामको सम्झौता भए पनि पालना भएको थिएन । दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका थिए । सुडानमा सेना र अर्धसैनिक बलबीच १८ दिन अगाडिदेखि लडाइँ जारी छ । संयुक्त राष्ट्रसंघका अनुसार यो अवधिमा एक लाख भन्दा बढीले देश छाडिसकेका छन् । ५…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को  कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

Read More

काठमाडौँ  । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।

Read More

काठमाडौं । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।

Read More