काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने…
Author: सन्देश पोस्ट
काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले मंगलबार पनि निरन्तरता पाउने भएको छ । मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । सोमबार वर्षाले खेल बिथोलिन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो । दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ । खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवातदेखि नै…
काठमाडौं । पछिल्लो २ महिनाको बीचमा अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औं सबैभन्दा ठूलो बैंक थियो । बैंकलाई नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएर जेपी मोर्गनलाई हस्तान्तरण गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । १३ अप्रिल २०२३ सम्म, फर्स्ट रिपब्लिक बैंकको कुल सम्पत्तिमा लगभग २२९.१ बिलियन डलर र कुल निक्षेपहरूमा १०३.९ बिलियन थियो । सबै निक्षेपहरू ग्रहण गर्नुको अतिरिक्त, जेपी मोर्गन चेस बैंक, नेशनल एसोसिएसन, फर्स्ट…
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको सचेतकमा झापाकी सांसद् निशा डाँगी चयन हुनुभएको छ । आज बसेको रास्वपाको बैठकले डाँगीलाई सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकले रबि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध झुटा कागजात पेश गरेर राहदानी लिएको विषयमा अदालतमा मुद्दा नलाग्ने बताएका छन् । महान्यायाधिवक्ताले संविधानले दिएको अधिकार प्रयोग गरेर मुद्दा नचल्ने निर्णय गरिसकेको भन्दै उनले त्यसविरुद्ध न्यायिक परीक्षण हुन नसक्ने बताएका हुन् । झुटा विवरण पेश गरेर रविले राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै न्ययाधीश हरि फुयालको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । उक्त आदेशमा रवि लामिछानेले आफ्ना वारेस अधिवक्ता मोहम्मद अफताव आलममार्फत लिखित जवाफ पेश गरेका हुन् । लामिछानेले संविधानको धारा १५८ (२) ले…
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् । १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकारको अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गरे । थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सिमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको बिरोध गर्ने , सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना…
काठमाडौं । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गरेका हुन् । महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएको प्रवक्ता स्टेफन दुजारिकले बताए । संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् । रासस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ । “राष्ट्रका उच्च स्थानबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा सर्त र सुविधा…
भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ। अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ। यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ। यसलाई अचार तथा विभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ। जाडो मौसममा अमला सेवनका केही विशेष फाइदाहरू छन्। अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ। अमलामा क्रोमियम बढी मात्रामा हुन्छ। अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन। अमला धेरै गुणकारी हुन्छ। हरेक मौसममा यसको सेवन गर्न सकिन्छ। तर जाडोमा यसको सेवन…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ । साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ । बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।