झापा । नेपाल सरकारले रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा गरेको छ । नेपाली कांग्रेस झापाको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेपछि रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा गरेको हो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष रेल्वेमा परेको क्षेत्रफल बाहेकको जग्गा फुकुवा नहुँदा झापालीहरु पीडित बनेको विषय जानकारी गराएपछि मन्त्रीस्तरीय निर्णयबाट जग्गाको आंशिक फुकुवा भएको बताइएको छ । रेल्वेमा परेको जग्गाको सानो क्षेत्रफलले गर्दा सिंगो कित्ता नै रोक्का हुनु न्यायसंगत नभएकोले रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदै आएपनि यो समस्या समाधान हुन सकेको थिएन । कित्ता नम्बर…
Author: सन्देश पोस्ट
काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौंमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाैंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाैं उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी…
झापा । दमकमा हालै मात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन्। आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान् कोइरालालाई चेक प्रदान गरे। रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा रिजालले बाल अस्पताललाई सहयोग पु¥याउन आफूले स्वेच्छिक सहयोग पु¥याएको बताए। उनले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले त्यसअघि अस्पतालको स्थलगत…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले टविट गर्दैै भनेका छन, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।
काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्। माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे। उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवद्र्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताए। पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औंल्याए।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागेको स्पष्ट पारे । यस वर्ष विद्यालयको पठनपाठन शुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताए । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यसपटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो । -रासस
– होमराज राई , ब्यास्त सहरभित्रका दर्दनाक मौन पीडाहरु सडक अनि गल्लि हुदै भौतारिरहेछ । बिरक्तिएका ती पागलपनहरु, रित्तिएका आशाहरु, अनि विरक्तिएका मनहरु । म एक पटक सडकका किनारहरुमा फर्केर हेर्छु । खै कहाँ पुग्नलाई हो, यो ब्यस्त सहरका भीडहरुलाई एकक्षण पनि फुर्सद छैन । कसैलाई कसैको निम्ति सोच्न र बिचार गर्ने फुर्सद छैन दुनियालाई यति खेर । उनीहरु पनि त मानव कोखबाटै जन्मेका ब्यक्ति हुन नी…⁄, तर आज मानव कोखबाटै जन्मेका यस्ता थुप्रै नाबालकहरु पशुसरह जिन्दगी बिताइरहेका छन् । ती सडक र गल्लि हुँदै आशाका घुटको पीउदै टुलुटुलु हेरिरहेछन् , यस्तै छ यो स्वार्थी दुनिया । एउटा सहरको सडकको…
काठमाडौं । बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’ले अमेरिकामा आयोजित ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’मा प्राप्त गरेको उत्कृष्ट अभिनेता र छायाँकारको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । यो फिल्मबाट महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड जित्न सफल भएका थिए । बिहीबार अस्कर इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको हो । अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहाल, सिनेमाटोग्राफर राजेश श्रेष्ठ, अस्कर कलेजका एकेडेमिक डिरेक्टर मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवनिधि दाहाल र ‘हल्कारा’का निर्देशक विक्रम सापकोटाले त्रिपाठी र राजभण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।फेस्टिभलमा ‘हल्कारा’ले उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो । सो…
नयाँदिल्ली । गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ । दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेलापरेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ । हाल…
काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ आईबाको आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा नेपालका रविन थापाले ४८ केजी तथा १३औं साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछन् । चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा १ सय ४ भन्दा बढी राष्ट्रका करिब ६ सय खेलाडीको सहभागिता…