Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेल घरेलु टोली जोर्डनलाई ४-१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ । तर नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने खेल जोर्डनले जित्नु पर्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।

Read More

झापा । नक्कली लालपूर्जा वितरण गरी रकम असुली गर्ने झापाकाे काँकरभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका कयौँ परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले स्थानीय ज्ञानबहादुर गिरीलाई नियन्त्रणमा लिएको हो । उनले पूर्जा दिलाइदिन्छु भन्दै यहाँ कयौँ परिवारसगँ न्युनतम १५ देखी ७५ हजारसम्म रकम लिएको पीडितहरु बताउँछन् । स्थानीयवासीले लाखौं रकम असुल गरेर पनि अहिलेसम्म पूर्जा उपलव्ध नगराएको भन्दै गत चैत १७ मा वडा कार्यालयमा किटानी जाहेरी समेत दिएका थिए । तर अहिलेसम्म पनि उनीहरुको समस्या कतैबाट समाधानका लागि पहल भएको थिएन । बरु स्थानीय स्तरमै मिलाउने प्रयास भएको…

Read More

काठमाडौं । अटिजम, मष्तिष्क पक्षघात, डाउन सिण्ड्रोम, बौद्धिक लगायतका सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी सिकाईका लागि “ब्यूटिफूल माइण्ड” नामक मोवाइल एप्सको उद्घाटन गरिएको छ । अटिजम केयर नेपाल सोसाइटी तथा वल्ड एजुकेशनको अग्रसरतामा “नेपालमा उपलव्ध पहुँचयुक्त शैक्षिक श्रोतहरूको विस्तार” कार्यक्रमको आयोजना गरि राजधानीमा सो मोवाइल एप्सको उद्घाटन गरिएको हो । मोवाइल एप्सलाई सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरू आफैले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै वल्ड एजुकेशनका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी ज्ञान प्रदान गर्नका लागि यो मोवाइल एप्स अत्यन्तै उपयोगी…

Read More

इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ । इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’ जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए । ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब…

Read More

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चारबुँदे माग राखेर भोलिदेखि धर्नामा बस्ने भएका छन्। सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले शुक्रबारदेखि धर्नामा बस्न लागेको जानकारी दिएका हुन्। शुक्रबारदेखि ‘सामाजिक जनआन्दोलन’ सुरु गर्न लागेको भन्दै उनले १० बजे माइतीघरमा भेला हुन आह्वान गरेका छन्।अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई उच्च प्राथमिकता दिइयोस् भन्दै तीनै तहका सरकारसँग उनले राखेका चारबुँदे माग यस्ता छन्ः १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा राखियोस् । सो कोषबाट…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् । राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधिन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् । ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर् छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन । पीडितमैत्री कानुन बनाई संक्रमणकालीन…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको स्टीङ टोलीले उनीहरु दुबैलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरु उद्योग विभागको औद्योगिक सम्पत्ति शाखामा कार्यरत थिए । अख्तियार टोलीले शाखा अधिकृत घिमिरेको कार्यकक्षबाट स्रोत नखुलेको ३७ हजार ५ सय ३२ रुपैयाँ  पनि बरामद गरेको छ । उनले कम्पनीको ट्रेड मार्क दिने कार्यमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Read More

१४ बैशाख २०८०, बिहीबार, काठमाडौं । सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको छ । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो । कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ । लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । र, जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । सोही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ ।  गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँ राहत रकम दिने कार्यविधि पास भएको जानकारी दिए । ‘अयोग्य लडाकुलाई राहतस्वरूप दुई–दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने कार्यविधि पास भएको…

Read More

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने जनाएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज देवघाटका मतदातालाई धन्यवाद दिन पुगेका वाग्लेले देवघाटलाई देशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाई देश तथा विदेशबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्ने उल्लेख गरे । धार्मिक आस्थालाई आर्थिक समृद्धिसँग जोड्न सकिने भन्दै वाग्लेले देवघाट गाउँपालिकाका पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताए । प्रतिनिधिसभा सदस्य वाग्लेले राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताए । टीका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उनले भने, “कुनै ठाउँको टिकट…

Read More

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन् । चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि पनि सो लडाइँ जारी रहेकाले आफू पुनः नेतृत्वमा आउन चाहेको बताएका छन् । उनका अनुसार दोस्रो कार्याकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ । आगामी वर्ष हुने राष्ट्रपतिय…

Read More