Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो । त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए । प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् । घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै नेकपा एमालेले संसद् बैठकमा समेत आपत्ति जनाएको…

Read More

विराटनगर । ६ लेन सडक परियोजना अन्तर्गत निर्माण रोकिएको सुनसरीको तरहरादेखि सेउती पुलसम्मको खण्डको काम सुरु गर्न ठेकेदार कम्पनीले लिखित प्रतिवद्धता जनाएको छ । इटहरी उपमहानगरपालिकाले केही दिनअघि ठेकेदारको सवारी साधन नियन्त्रणमा लिएपछि ठेकेदार कम्पनीले बुधबार तीन दिनभित्र काम थाल्ने प्रतिवद्धता जनाएको हो । काम रोकिएपछि उपमहानगरपालिकाले निर्माण कम्पनी र छ लेन सडक आयोजना कार्यालयलाई छलफलमा बोलाएको थियो । निर्माण कम्पनी हिम धुङ् थोकर एण्ड प्यासेफिक जेभीका प्रतिनिधि ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट १२ दिनसम्म आइपुग्ने बताउँदै आइतबारदेखि कालोपत्रेको तयारी सुरु गर्ने बताए । ६ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यका अनुसार ठेकेदार कम्पनीले दु्रत…

Read More

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई सात दिनभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैतीस) दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सो समयावधिभित्र खर्च…

Read More

बारा। बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायमै राखेका छन् । कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइरहेका छन् । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार पाँच सय एक मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार छ…

Read More

एजेन्सी, इन्टरनेटको दुनियाँमा विश्वका विभिन्न विकसित तथा शक्तिशाली मुलुकहरुमा फाइभ जी इन्टरनेट व्यवसायिक रुपमा सुरु भैसकेको छ । यसपछि विश्वका सम्पन्नशाली देशहरुको ध्यान चाहिँ त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा केन्द्रित भएको छ । यद्यपि फाइभ जी इन्टरनेट पनि निकै तीव्र गतिको इन्टरनेट हो र यसको स्पीड फोर जी को तुलनामा २० प्रतिशत धेरै हुन्छ । तर सिक्स जी इन्टरनेटले यी सबै पुराना रेकर्ड भंग गर्नेछ, स्पीडको मामिलामा । सिक्स सी वायरलेस इन्टरनेटबाट स्पीड, लेटेन्सी, स्पेक्ट्रम, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्योरिटी तथा ऊर्जा दक्षता जस्ता क्षेत्रहरु अझै अत्याधुनिक हुने विश्वास गरिएको छ । यद्यपि तेस्रो विश्वका अधिकांस मुलुकहरु…

Read More

दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाले पार्टी स्थापना दिवसको अवसरमा दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार र आइतबार भएको कार्यक्रममा  कार्यक्रमको उद्देश्य, महत्व र आवश्यकताबारेः दोलखा जिल्ला अध्यक्ष भीम दहालले प्रकाश पार्नु भएको थियो । प्रशिक्षणको पहिलो दिन दर्शनशास्त्रको प्रारम्भिक ज्ञानका बारेमा पार्टीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, समाजवादी कार्यदिशाबारेः पार्टीका महासचिव घनश्याम भुसालले सहजिकरण गर्नु भएको थियो । यस्तै दोस्रो दिन पार्टी, स्थानीय तह र हाम्रो तत्कालीन कार्यभारहरूः  दोलखा जिल्ला कमिटी  उपाध्यक्ष प्रोणप्रताप केसी, दोलखाको कम्युनिष्ट आन्दोलनको इतिहासः   पार्टीका पोलिटब्युरो सदस्य तथा  दोलखा जिल्ला इन्चार्ज शिव भण्डारी, दक्षिणपन्थी अवसरवाद विरूद्धको संघर्षः  पार्टीका उपाध्यक्ष एवं  पार्टी स्कुल…

Read More

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।संविधानको धारा १६८(२) अनुसार नयां सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् । विश्वासको मत नपाएको नेकपा एमालेले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।महान्यायाधिवक्ताको परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र…

Read More

मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । सोमबार बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट सुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेन्डमा पुरा गरी प्रथम भएका हुन् । ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुढा तृतीय स्थान आउन सफल भएका कर्णाली खेलकुद क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए । यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेन्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८…

Read More

काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४१७६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याए ।

Read More

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद…

Read More