१३ चैत्र २०७९, सोमबार, मेचीनगर, १३ चैत । किसानको हात, वडाको साथ कार्यक्रम अन्तरगत हात्ती मैत्री किसान समूह गठन गरेर बाहुनडाँगीमा सामूहिक सब्जी खेती सुरु गरिएको छ । मेचीनगर–४, प्रधान गाउँ स्थित लक्ष्मी अधिकारीको अढाइ विगाहा जग्गा लिजमा लिएर किसानले सामूहिक सब्जी खेती सुरु गरेका हुन् । सब्जी खेती गर्न अधिकारीको जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी दश वर्षका लागि लिज लिएको हात्ती मैत्री किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । यही फागुन १७ गतेदेखि सुरु गरिएको सामूहिक सब्जी खेतीमा पहिलो चरणमा सामान्य आलु उत्पादन गरिएको उनको भनाई छ । ‘अहिले जग्गा वरिपरी तरुल रोपिएको छ’ अध्यक्ष आर्चाले भने–‘भिण्डी,…
Author: खवरपोस्ट
१३ चैत्र २०७९, सोमबार, काठमाण्डाै । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
१३ चैत्र २०७९, सोमबार, आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ। त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस : हरियो तरकारी हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ। जिरा जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने। सुकुमेल तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने। अमला अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ। ग्रिन टी दिनमा…
१३ चैत्र २०७९, सोमबार, चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाले ‘एफएनएन लेजेन्डरी आइडल’ उपाधिबाट सम्मान गरेको छ । क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिबार काठमाडौंमा भएको ‘फेसन गाला नाइट’ कार्यक्रममा भुवन केसीलाई नेपाली फिल्म क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता तथा सफलताको कदर गर्दै उक्त उपाधिसहित सम्मान गरिएको हो । सम्मान प्राप्त गरेपछि अभिनेता केसीले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै राज्यका विभिन्न तह र तप्कासँगै निजी क्षेत्रले पनि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्ने बानीको विकास हुँदै गएकोमा खुसी व्यक्त गरे । यस प्रकारका सम्मानहरुले एकअर्काबीचको भाइचारा र सम्बन्धहरुलाई थप मजबूत…
१३ चैत्र २०७९, सोमबार, झापा, चैत १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना चिकित्सक बढुवा भएका छन्। सरकारले डा.टंक बाराकोटी र डा. विकास देवकोटालाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीले मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा. बाराकोटी र डा. देवकोटालाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषदले निर्णय गरेपनि उनीहरुले अहिलेसम्म पत्र बुझिसकेका छैनन्। मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा. बाराकोटी, डा. देवकोटा र डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो। १२औं…
१३ चैत्र २०७९, सोमबार, मेचीनगर । प्रहरीले सामान पक्रिएको भन्दै विभिन्न क्षेत्रका महिलाहरुले छुटाउन आग्रह गर्दा प्रहरी बिट, इटाभट्टामा तनाव सृजना भएको छ । महिलाहरुले अनावयश्यक दुख दिँदै प्रहरीले सामान नियन्त्रणमा लिँदा सास्ती भएको पनि बताएका छन् । आज केही महिलाहरुले भारतबाट ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘यो सामान नाकाबाटै ल्याएको हो तर काँकरभिट्टामा प्रहरीले पक्रिएन यहाँ चाहिँ किन पक्रिनु ?’ महिलाहरुले प्रश्न गरेका छन् । यता प्रहरी बिट इटाभट्टाका असइ हेम भुजेलले भने सामान चेकजाँचका लागि भन्दै माथीबाटै आदेश आउँछ सोही अनुसार चेकजाँच गरेको र धेरै परिमाणमा सामान भेटिएकाले नियन्त्रणमा लिएको बताउनुभएको छ । ‘चेकजाँच गर्नु…
१३ चैत्र २०७९, सोमबार, एजेन्सी, तालिवान समूहले संयुक्त राष्ट्रसंघ (युएन)लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ।अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको छ। सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा नबढाउने भन्ने विषयमा सहमति गर्न नसकेपछि १३ जना अफगानी इस्लामी अधिकारीलाई विदेश यात्रागर्न अनुमति दिने संयुक्त राष्ट्रसंघको छुटको म्याद सन् २०२२ को अगष्टमा सकिएको थियो। झन्डै २० देखि २५ जना तालिवान व्यक्तिहरूलाई कालो सूचीमा राखिएको छ। तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदलाई उद्धृत गर्दै टोलोन्युजले भनेको छ, ‘तीमध्ये केहीको मृत्यु भइसकेको छ, जीवितमध्ये धेरै कम अहिले सरकारमा छन्।’ इस्लामिक इमिरेट्सका अधिकारीहरूलाई संयुक्त राष्ट्रसंघको…
१२ चैत्र २०७९, आईतवार, बुटवल। राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद राशिसहित सम्मान गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमामा स्थायी बासिन्दा भएका खेलाडीलाई जनही ५० हजार नगद राशिसहित सम्मान गरेको हो । आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशिसहित सम्मान गरेको छ ।खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला…
१३ चैत्र २०७९, सोमबार, काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक कांग्रेस पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्नेछ ।