बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।संविधानको धारा १६८(२) अनुसार नयां सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् । विश्वासको मत नपाएको नेकपा एमालेले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।महान्यायाधिवक्ताको परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र…
Author: सन्देश पोस्ट
मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । सोमबार बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट सुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेन्डमा पुरा गरी प्रथम भएका हुन् । ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुढा तृतीय स्थान आउन सफल भएका कर्णाली खेलकुद क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए । यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेन्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८…
काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४१७६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याए ।
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद…
काठमाडौं । साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो । योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ। यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागि १८८५.६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार…
काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ । सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस…
बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा सोमवार भएको निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो । उसका लागि खेल सुरु भएको ७ आंै मिनेटमा रजनी ठोकरले पहिलो गोल गरिन् । १२ औं मिनेटमा संगिता सुनारले सप्तरीका लागि दोस्रो गोल गरेकी थिइन् । दोस्रो हाफको ३७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ताप्लेजुङले एक गोल फर्काएको थियो । उसका लागि संगिता गुरुङले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो…
कास्की । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि गण्डकीमा कांग्रेसको नेतृत्वका सरकार बन्ने पक्कापक्की भएको हो । अहिले २ प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरिहेकाले गण्डकी र लुम्बिनीमा कांग्रेसले नेतृत्व गर्ने सहमति भएको हो । यी दुवै प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार बन्ने भएको छ । धारा ३ मा जाँदा लुम्बिनीमा अप्ठेरो पर्ने र १ महिनाका लागि भए पनि एमाले नेतृत्वमा सरकार बन्ने भएपछि गण्डकीमा २ अनुसार नै जाने सहमति प्रचण्ड र देउवाबीच भएको छ । अब प्रदेश प्रमुखले सरकार…
चितवन । चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाएङ्का छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएका छन् ।
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन्…