राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोशी प्रदेशको नामाकरणको बिषय र चर्को ब्याजदरको बिषयहरु उल्लेख गरिएको जिल्ला अध्यक्ष जग बहादुर पुनले बताउनुभयो। ज्ञापनपत्र:- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौँ । मार्फत, श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, चितवन । बिषय : ज्ञापन पत्र । महोदय , प्राप्त राष्ट्रिय उपलब्धीहरुको रक्षा गर्दै देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबै खाले बिभेद र ब्यथितिको अन्त्य गरी देशमा सुशासन–शान्ति र अमञ्चयन कायम गरी नेपाली जनतामा अमञ्चयन महशुस गराउन र मूलुकको दीर्घकालिन हितका लागि जिल्ला प्रशासन कार्यालय, चितवन मार्फत निम्न बुँदा उपर…
Author: सन्देश पोस्ट
अर्जुनधारा । अर्जुनधारा नगर इसाई एकता समाजले १२५ औं घुम्ते जागृती संगती तथा चंगाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झापाको अर्जुनधारा नगरपालिका स्थित फ्रिविल ब्याप्तिष्ट मण्डली बुट्टाबारीमा यस समाजका २२ मण्डलीहरुको सहभागीमा संगती तथा चंगाई कार्यक्रम भएको हो । सो समाजका अध्यक्ष पा.पुष्प घलेले यस कार्यक्रमले आजको उपस्थितिलाई नयाँ उर्जा थपिनुकासाथै सबैमा जागृति आएको भन्दै आजको बक्तालगायत उपस्थिथिहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रमलाई आशिषमय बनाउदै आत्मिक तथा शारीरिक चंगाई प्रदान गर्नलाई भारतका बिभिन्न प्रदेशबाट बक्ताहरुले बोलेका थिए । बक्ताहरुमा पा.जोय दानियल,पा.सुमित,पा.पिटर, पा.रन्जित र ब्रदर भिक्टर पावललगायले गवाही र बाइबलिय बचनद्धारा आत्मिक जागृतकासाथ चंगाईको कार्यक्रम गरेका थिए ।भारतबाट आएका बिशाल…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालको आईसीयूमा भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्र.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ। राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उनको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ। उनलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लैजाने निर्णय भएको थियो।
मेचीनगर । प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता भोलिदेखि धुलाबारीमा सञ्चालन हुँदैछ । आज धुलाबारीमा आयोजक फुटसल एरिनाले गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो । धुलाबारी फुटसल एरिनाका सञ्चालक विवेक वस्नेतले मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडा बाहेक अन्य दश वटा वडा फुटसल प्रतियोगितामा सहभागी हुने बताए । यही बैशाख ६ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दुई लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले १५ नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्ने सञ्चालक वस्नेतले जानकारी दिए । दिउँसो ३ वजेदेखि सुरु हुने प्रतियोगिताको सहआयोजकका रुपमा स्थानीय हलेसी मेडिकल…
मेचीनगर । काकरभिट्टा बर्मेली टोलमा अवस्थित एमिटी पव्लिक स्कूलले आफ्नो पाँचौ स्थापना दिवस मनाए। आफ्नो स्थापना दिवस कार्यक्रमको अवसरमा विद्यालयमा अवस्थित बाल क्लबद्धारा एक्का नेपालको ‘ग्लोब’ कार्यक्रमको प्रदर्शन गरेका थिए। विद्यालय अवस्थित एमिटी प्रकृति क्लबले तीन ओटा ‘स्टल’ राखेर क्लबका सचिब जेनिश भट्टराई, उपध्यक्ष उज्वल भुजेल र सदस्य बनिशा ढकालद्धारा जिल्ला शिक्षा तथा सम्नयण निकायका झापाका प्रमुख राम बहादुर विश्वकर्मा लगायत विद्यार्थीका अभिभावक र अन्य समाजिक अभियन्ताहरुको माझमा ‘ग्लोब’ अन्तर्गत रहेको मच्छर सम्बन्धि अध्ययन, पिउने पानीको शुद्धिकारण माफन गर्ने तरिका तथा पानी शुद्धिकरण गर्ने बिधि र वाटसोल निर्माण गर्ने प्रक्रिया र बिधि बारेमा जानकारी गराएका थिए। एक्का नेपालले विगत आठ…
वासिङ्टन । अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ । राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अलाबामाको कानून प्रवर्तन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिले चार जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै घाइते भएका छन् ।’
काठमाडौँ । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिनुभयो । “सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ”, उहाँले भन्नुभयो । यस अगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ । यसअगाडि उहाँकै समूहले निर्माण गरेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’समेत पाइरेसी भएको थियो । उपेन्द्र सुब्बाको लेखन…
बिर्तामोड । वीरता जेसीजले यसपटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दिनबन्धु गोयललाई अभिनन्दनसहित ‘उत्कृष्ट नागरिक’ सम्मान प्रदान गरेको छ । प्रत्येक वर्ष आयोजना हुने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद अभिनन्दन पत्रले सम्मान गरेको हो । विगत तिन दशक यता निरन्तर समाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् । उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् ।…
पाल्पा। नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिति २०७९ चैत्र २९ गते शुरु भएको गोरखा-जितगढी पदयात्रा आज (बैशाख ०३) गते तनहुँको केलादीघाटबाट पाल्पातर्फ प्रवेश गरेको छ । गोरखा दरबारबाट शुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा मिति २०७९ चैत्र २९ गते गोरखाको सतीघाटमा तनहुँ जिल्लामा तैनाथ फौजलाई हस्तान्तरण गरेको थियो । सोही अनुरुप तनहुँ जिल्लाको फौजले उक्त सामग्रीहरु आज तनहुँको केलादीघाटमा पाल्पा जिल्लामा तैनाथ फौजलाई हस्तान्तरण…