Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले आइतबार कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले वेनकाटेश अयेरको शतधक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । मुम्बईले १८६ रनको लक्ष्य १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितपछि १५ वर्षपछि कोलकताको खेलाडीले बनाएको शतक छायामा पर्‍यो । मुम्बईका नियमित कप्तान रोहित शर्माको सट्टा सूर्यकुमार यादवले कप्तानी गरेका थिए । दोस्रो इनिङ्समा रोहित इम्प्याक्ट प्लेअरको रुपमा ब्याटिङ गर्न आएका थिए । मुम्बईको लागि इशन किसनले २५ बलमा ५ चौका र…

Read More

एजेन्सी । सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ । आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ । आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए । यसैबीच खार्तूमस्थित ‘थिङ्क ट्याङ्क कन्फ्लुएन्स एडभाइजरी’का संस्थापक निर्देशक खोलुद खैरले सेना र आरएसएफले सत्ता सुदृढीकरणका…

Read More

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुग्नुभएको थियो । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ । प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज…

Read More

मेचीनगर । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् । शनिबार धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न समितिको तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा दिलबहादुर खाती चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मनोजकुमार विश्वकर्मा, सुरेन खाती, कमलादेवी विश्वकर्मा, विष्णु गदाइली, विनोद सेन्चुरी, थेसिस रुचाल, सुरक्षा बिसुन्खे, कञ्चन सुन्दास र पलम दर्नाल विक चयन भएको निर्वाचन समिति संयोजक टिकाराम मंग्रातीले जानकारी दिए । समितिको कार्यकाल ३ वर्षको रहने छ ।दलित उत्थान समन्वय समिति मेचीनगरका…

Read More

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले घरेलू बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । एड्भान्स बुकिङमै आक्रामक ओपनिङको संकेत गरेको फिल्मले पहिलो दिन २ करोड १ लाख कमाएको वितरक कम्पनी ‘द टी फल्क्स फिल्म्स’ले जानकारी गराएको छ । शुक्रबार फिल्मको देशभरका हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो । शनिबारको व्यापार थप आक्रामक हुने देखिएको छ । फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ८० बढी शो उपलब्ध गराएको थियो, जसमा सबै शो भरिएका थिए । अन्य मल्टीप्लेक्सहरुमा पनि यही अवस्था थियो । सिंगल थिएटरतर्फ पनि पहिलो दिन देशभर दर्शकको चाप उच्च देखियो । विशेषगरी, पूर्वका हलहरुमा फिल्म…

Read More

काठमाडौँ। सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ।बिबीसीका अनुसार भिडन्तमा कम्तीमा तीन जनाको ज्यान गइसकेको छ। अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर, सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ। भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्। पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेका छन्। रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ। यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको…

Read More

एजेन्सी। युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो । डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ । उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि…

Read More

भक्तपुर । बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो । शनिबार यो जात्रा हर्षोल्लासका साथ मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका…

Read More

रौतहट। रौतहटमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको हो । चार जना घाइते भएका छन् । गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। अरु चार जना घाइतेको उपचार भइरहेको छ । घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ। साथै घटनामा संलग्नहरूमाथि अनुसन्धान जारी रहेको छ। घटनास्थलमा अहिले…

Read More

काठमाडौं । रुसको आक्रमणबाट दुई वर्षीय बालकसहित आठ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसमा आक्रमण गर्दा आठ जनाको मृत्य र २१ जना घाइते भएका हुन् । आक्रमणबाट भग्नावशेष भएका क्षेत्रमा अझै केही मानिस फसेको हुन सक्ने आशंकासहित खोजी भइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनका अनुसार रुसी सेनाले पाँचवटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको छ । २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

Read More