Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

झापा । प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो…

Read More

६ पुस २०८१, शनिबार, तरुण राई, मेचीनगर । २०८१ सालको बडादिन (ख्रीष्टमस) को अवसरमा मेचीनगर इसाई समाजले मेचीनगर नगरपालिका धुलाबारी र काँकरभिट्टा बजार क्षेत्रमा मैनबती प्रज्वलन कार्यक्रम सम्पन्न गर्यो सो मैनबती प्रज्वलन कार्यक्रममा मेचीनगर भित्र रहेको मण्डलीबाट करिब दुई सय भन्द बढी जान सहभागि थियो।काँकरभिट्टा बस स्टेण्डमामा सम्पन्न भएको सो कार्यक्रममा क्वाइनोनिया दिव्य शान्ती मण्डली काँकरभिट्टाका पास्टर राम कुमार थापाले शुरुको प्रार्थना गर्नु भएको थियो र केही ख्रीष्टमसको भजन गएर परमेश्वरलाई धन्यबाद दिएर मैनबती प्रज्वलन शुरु गरिएको थियो मेचीनगर समाजले मेचीनगरको धुलाबारी चौक र काँकरभिट्टा बसस्टेण्डमा मैनबत्ती प्रज्वलन गरेका थिए । यस मैनबत्तीले हामी पनि अध्यारोमा चम्कनुपर्छ भन्ने सन्देश दिन खोजेको अध्यक्ष…

Read More

काठमाडौँ। दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।

Read More

झापा । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो राति ९ः२० बजे मेचीनगर ८ मकरेचोकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक प्रधान घाइते भएका थिए । उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति ९ः५० बजे डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

मेचीनगर । मेचीनगर नगरपालिकामा आजदेखि पाचौँ मेचीनगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर—२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरिन् । मेचीनगर नगरपालिकाको आयोजना जिल्ला खेलकुद विकास समिति झापाको संयोजन र मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापनमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो । राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताइन् । नगरभित्रको खेलकुद…

Read More

बिर्तामोड । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई…

Read More

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले दुवै जनालाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरिदिएको छ । झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो । दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बन्नुभएको छ। तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आउनुभएकी शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसक्नुभएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रनुभएको थियो। शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले जित हासिल गरेका…

Read More

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् । अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपानेले १२२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत मात्र प्राप्त गरेका छन् । सचिव पदमा प्रदीप परियार र राजु पाठकको मत बराबरी पाएका छन् । उनीहरुले समान ९९÷९९ मत ल्याएका छन् । खुला…

Read More