१४ चैत्र २०७९, मंगलवार, काठमाडौं । अमेरिकाको नासभिल सहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार मृत्यु हुने ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु भएको छ। उनीहरु विद्यालयका कर्मचारी रहेको नासभिल नगरप्रहरीले जनाएको छ। क्याथरिन प्रधानाध्यापक, पिक अतिरिक्त शिक्षिका र हिल सुरक्षागार्डका रुपमा विद्यालयमा कार्यरत थिए। विद्यालयमा प्रवेश गरी गोली चलाउने व्यक्ति २८ वर्षीया अउड्रे हेल रहेको पुष्टि भएको छ। घटनालगत्तै पुगेको प्रहरीले चलाएको गोली…
Author: सन्देश पोस्ट
१४ चैत्र २०७९, मंगलवार, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले आज एक विज्ञप्ति जारी विज्ञप्तिमा पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बुको निधनप्रति दुख व्यक्त गर्दै जसपाले लिम्बुलाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेको छ । करिब एक महिनादेखि कोशी प्रदेशमा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा जसपाले गुनासो गरेको छ । पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस…
१४ चैत्र २०७९, मंगलवार, झापा । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङमा सिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थलमै मृत्यु भएको हो । सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।
१४ चैत्र २०७९, मंगलवार, काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् । आज बस्ने बैठकले मुख्यतः मन्त्रिपरिषद् विस्तारका वारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।
१३ चैत्र २०७९, सोमबार, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो । सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो । विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको प्रवक्ता सिटौलाले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले विमानमा प्राविधिक…
१३ चैत्र २०७९, सोमबार, मेचीनगर, १३ चैत । किसानको हात, वडाको साथ कार्यक्रम अन्तरगत हात्ती मैत्री किसान समूह गठन गरेर बाहुनडाँगीमा सामूहिक सब्जी खेती सुरु गरिएको छ । मेचीनगर–४, प्रधान गाउँ स्थित लक्ष्मी अधिकारीको अढाइ विगाहा जग्गा लिजमा लिएर किसानले सामूहिक सब्जी खेती सुरु गरेका हुन् । सब्जी खेती गर्न अधिकारीको जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी दश वर्षका लागि लिज लिएको हात्ती मैत्री किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । यही फागुन १७ गतेदेखि सुरु गरिएको सामूहिक सब्जी खेतीमा पहिलो चरणमा सामान्य आलु उत्पादन गरिएको उनको भनाई छ । ‘अहिले जग्गा वरिपरी तरुल रोपिएको छ’ अध्यक्ष आर्चाले भने–‘भिण्डी,…
१३ चैत्र २०७९, सोमबार, काठमाण्डाै । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
१३ चैत्र २०७९, सोमबार, आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ। त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस : हरियो तरकारी हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ। जिरा जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने। सुकुमेल तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने। अमला अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ। ग्रिन टी दिनमा…
१३ चैत्र २०७९, सोमबार, चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाले ‘एफएनएन लेजेन्डरी आइडल’ उपाधिबाट सम्मान गरेको छ । क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिबार काठमाडौंमा भएको ‘फेसन गाला नाइट’ कार्यक्रममा भुवन केसीलाई नेपाली फिल्म क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता तथा सफलताको कदर गर्दै उक्त उपाधिसहित सम्मान गरिएको हो । सम्मान प्राप्त गरेपछि अभिनेता केसीले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै राज्यका विभिन्न तह र तप्कासँगै निजी क्षेत्रले पनि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्ने बानीको विकास हुँदै गएकोमा खुसी व्यक्त गरे । यस प्रकारका सम्मानहरुले एकअर्काबीचको भाइचारा र सम्बन्धहरुलाई थप मजबूत…
१३ चैत्र २०७९, सोमबार, झापा, चैत १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना चिकित्सक बढुवा भएका छन्। सरकारले डा.टंक बाराकोटी र डा. विकास देवकोटालाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीले मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा. बाराकोटी र डा. देवकोटालाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषदले निर्णय गरेपनि उनीहरुले अहिलेसम्म पत्र बुझिसकेका छैनन्। मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा. बाराकोटी, डा. देवकोटा र डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो। १२औं…