Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

एजेन्सी । मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ । आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिन्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती मित्तल विरुद्ध आईपीसी धारा ३०७ र अवैध ओसारपसार र यौनकार्यको अन्य धाराहरु अन्तर्गत मुद्दा दर्ता गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी अधिकारीले आफैंले उक्त क्षेत्रमा एक कर्मचारीलाई नक्कली ग्राहक बनाएर पठाएका थिए जसले सम्पूर्ण घटना रेकर्ड गरेको थियो । त्यसपछि प्रमाणसहित…

Read More

काठमाडौं । उपनिर्वाचन मौनअवधि आज राति १२ बजेबाट लागू हुँदैछ । मौनअवधि लागू भएपश्चात् प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् । आगामी १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।

Read More

राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोशी प्रदेशको नामाकरणको बिषय र चर्को ब्याजदरको बिषयहरु उल्लेख गरिएको जिल्ला अध्यक्ष जग बहादुर पुनले बताउनुभयो। ज्ञापनपत्र:- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौँ । मार्फत, श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, चितवन । बिषय : ज्ञापन पत्र । महोदय , प्राप्त राष्ट्रिय उपलब्धीहरुको रक्षा गर्दै देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबै खाले बिभेद र ब्यथितिको अन्त्य गरी देशमा सुशासन–शान्ति र अमञ्चयन कायम गरी नेपाली जनतामा अमञ्चयन महशुस गराउन र मूलुकको दीर्घकालिन हितका लागि जिल्ला प्रशासन कार्यालय, चितवन मार्फत निम्न बुँदा उपर…

Read More

अर्जुनधारा । अर्जुनधारा नगर इसाई एकता समाजले १२५ औं घुम्ते जागृती संगती तथा चंगाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झापाको अर्जुनधारा नगरपालिका स्थित फ्रिविल ब्याप्तिष्ट मण्डली बुट्टाबारीमा यस समाजका २२ मण्डलीहरुको सहभागीमा संगती तथा चंगाई कार्यक्रम भएको हो । सो समाजका अध्यक्ष पा.पुष्प घलेले यस कार्यक्रमले आजको उपस्थितिलाई नयाँ उर्जा थपिनुकासाथै सबैमा जागृति आएको भन्दै आजको बक्तालगायत उपस्थिथिहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रमलाई आशिषमय बनाउदै आत्मिक तथा शारीरिक चंगाई प्रदान गर्नलाई भारतका बिभिन्न प्रदेशबाट बक्ताहरुले बोलेका थिए । बक्ताहरुमा पा.जोय दानियल,पा.सुमित,पा.पिटर, पा.रन्जित र ब्रदर भिक्टर पावललगायले गवाही र बाइबलिय बचनद्धारा आत्मिक जागृतकासाथ चंगाईको कार्यक्रम गरेका थिए ।भारतबाट आएका बिशाल…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालको आईसीयूमा भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्र.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ। राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उनको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ। उनलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लैजाने निर्णय भएको थियो।

Read More

मेचीनगर । प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता भोलिदेखि धुलाबारीमा सञ्चालन हुँदैछ । आज धुलाबारीमा आयोजक फुटसल एरिनाले गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो । धुलाबारी फुटसल एरिनाका सञ्चालक विवेक वस्नेतले मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडा बाहेक अन्य दश वटा वडा फुटसल प्रतियोगितामा सहभागी हुने बताए । यही बैशाख ६ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दुई लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले १५ नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्ने सञ्चालक वस्नेतले जानकारी दिए । दिउँसो ३ वजेदेखि सुरु हुने प्रतियोगिताको सहआयोजकका रुपमा स्थानीय हलेसी मेडिकल…

Read More

मेचीनगर । काकरभिट्टा बर्मेली टोलमा अवस्थित एमिटी पव्लिक स्कूलले आफ्नो पाँचौ स्थापना दिवस मनाए। आफ्नो स्थापना दिवस कार्यक्रमको अवसरमा विद्यालयमा अवस्थित बाल क्लबद्धारा एक्का नेपालको ‘ग्लोब’ कार्यक्रमको प्रदर्शन गरेका थिए। विद्यालय अवस्थित एमिटी प्रकृति क्लबले तीन ओटा ‘स्टल’ राखेर क्लबका सचिब जेनिश भट्टराई, उपध्यक्ष उज्वल भुजेल र सदस्य बनिशा ढकालद्धारा जिल्ला शिक्षा तथा सम्नयण निकायका झापाका प्रमुख राम बहादुर विश्वकर्मा लगायत विद्यार्थीका अभिभावक र अन्य समाजिक अभियन्ताहरुको माझमा ‘ग्लोब’ अन्तर्गत रहेको मच्छर सम्बन्धि अध्ययन, पिउने पानीको शुद्धिकारण माफन गर्ने तरिका तथा पानी शुद्धिकरण गर्ने बिधि र वाटसोल निर्माण गर्ने प्रक्रिया र बिधि बारेमा जानकारी गराएका थिए। एक्का नेपालले विगत आठ…

Read More

वासिङ्टन । अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ । राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अलाबामाको कानून प्रवर्तन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिले चार जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै घाइते भएका छन् ।’

Read More