Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ…

Read More

काठमाडौँ । वर्ष २०७९ सेलिब्रेटीको प्रेम, डिभोर्स र विवाहको वर्षका रूपमा पनि चिनियो । यो वर्ष केही कलाकारको प्रेम सार्वजनिक भयो भने केहीको ब्रेकअप सुनियो । केहीले विवाह गर्दै जीवनसाथ पनि रोजे । गायक, गायिका, फिल्म कलाकारदेखि पूर्वमिस नेपालसम्मले यो वर्ष लगनगाँठो कस्न सफल भए । यस्ता छन् यो वर्ष विवाह गर्ने सेलिब्रेटी । केकी अधिकारी (अभिनेत्री)अभिनेत्री केकी अधिकारीले पनि गत वैशाखमै प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । काठमाडौँको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा उनीहरूको विवाह समारोह आयोजना भएको थियो । उनको विवाहमा परिवारका सदस्य र निकट आफन्त तथा साथीहरूको उपस्थिति रहेको थियो । सुरक्षा पन्त (अभिनेत्री)अभिनेत्री सुरक्षा पन्तले गत…

Read More

एजेन्सी, लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनीको रुपमा रहेको बाइटडान्सले गतवर्ष कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । कम्पनीले मुनाफामा पहिलोपटक टेन्सेन्ट होल्डिंग्स तथा अलिबाबा ग्रुप होल्डिंग्स लिमिटेड जस्ता अन्य चिनियाँ दिग्गज कम्पनीलाई पछि पारेको छ । सन् २०२२ मा बाइटडान्सले अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी मुनाफा वृद्धि गर्दै २५ अर्ब डलर कुल नाफा कमाएको २ जना लगानीकर्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरको छ । यो भनेको ब्याज, कर, ह्रासकट्टीलगायतका रकम कटाउनु अगाडिको मुनाफा अर्थात् Ebitda हो । त्यस्तै गतवर्ष टेन्सेन्टले कूल नाफा २३ अर्ब ९० करोड डलर तथा अलिबाबाले २२ अर्ब ७० करोड कुल मुनाफा गरेका…

Read More

काठमाडौं । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औं साधारणसभा मार्फत २०औं अध्यक्षमा उनी निर्वाचित भएका हुन् । आईएमई ग्रुपका संस्थापक अध्यक्ष समेत रहेका ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । योसँगै ढकाल निजी क्षेत्रको छाता संगठनको नेतृत्व तहमा पुगेका छन् । बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका उनले निजी क्षेत्रलाई नेतृत्व गर्नेसम्म आइपुग्दा विभिन्न चरणमा सफलता–असफलताको अनेकन अनुभव बटुलेका छन् । बाग्लुङको एक विकट गाउँका निम्न मध्यमवर्गीय परिवारका चन्द्रले एसएसली दिइरहेकै बेला बुवा गुमाउनुर्‍यो । त्यतिबेला आमा र भाइबहिनीलाई जस्तोसुकै मूल्यमा…

Read More

झापा । नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदमा झापाका व्यावसायिक क्षेत्रका हस्तीहरु निर्वाचित हुनुभएको छ । महासंघको नयाँ नेतृत्वका लागि बुधवार मतदान भएको थियो । जसको परिणाम धमाधम आइरहेको छ । महासंघको बस्तुगत संघतर्फको उपाध्यक्ष पदमा भद्रपुरका हेमराज ढकाल बिजयी हुनुभएको छ । उहाँ यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यसैगरी, जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा तेस्रो कार्यकालका लागि विर्तामोडका उमेश डालमिया बिजयी हुनुभएको छ । कोशी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा मेचीनगरका नरेन्द्र कुमार खड्का बिजयी हुनुभएको छ । उहाँको पनि यो तेस्रो कार्यकाल हो । बस्तुगत संघ तर्फबाट केन्द्रीय सदस्यमा विर्तामोडका राजकुमार कार्की (राजु) बिजयी हुनुभएको छ ।यसैगरी, जिल्ला नगरतर्फबाट खुला…

Read More

एजेन्सी । म्यानमारमा सेनाको हवाइ आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो । सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या १०० पुगेको हो । म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्टा शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकार (एनयूजी) का कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताए । म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जानेछ । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए । यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार…

Read More

काठमाडाैं  । सगरमाथा आरोहणका क्रममा तीन जना हिमपहिरोमा परी तीन जनाको ज्यान गएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर मुत्यु भएको बताइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पा छन् । पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा  तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । बिहान एक्कासि आएको पहिरोका कारण मृतकको शव…

Read More

मेचीनगर । प्रेस क्लब मेचीनगरले अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा प्रेस क्लब मेचीनगरले आयोजना गरेको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । तालिमका अर्का प्रशिक्षक दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्यायले पत्रकारहरुले पत्रिका मात्र पढ्ने होइन, कितावहरुसमेत पढ्नु पर्नेमा जोड दिएका थिए । ‘हामीले लेखेका कन्टेन्टहरु भन्दा कमेन्टहरु राम्रा हुन्छन्’, उपाध्यायले भने-‘हामीले गरेका केहि कमी कमजोरीलाई आत्मालोचनासहित नयाँ सामाग्री पस्कीनु पदर्छ ।’ कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक घनश्याम खड्काले पत्रकारिता हतारको साहित्य नभएको बताए । उनले सत्यतथ्य…

Read More

काठमाडौं। सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो । बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् । सरकारले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

Read More