२४ चैत्र २०७९, शुक्रबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले आज सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस गर्न भनेको छ । कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबी/मा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ । यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि…
Author: सन्देश पोस्ट
२३ चैत २०७९, बिहिवार, मेचीनगर । व्यापार प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मेची महोत्सव’को १५औँ दिन बुधबार विहानैदेखि दर्शकको घुइँचो थियो । महोत्सवका अन्दिनभन्दा यसदिन दर्शकको घुइँचो बढ्नुको कारण थियो नेपाली लोकगीतका हट गायिकाको छवि बनाएकी ज्योति मगरको प्रस्तुति । ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा चढ्ने बित्तिकै महोत्सवका अन्य आकर्षणमा भुलिरहेका दर्शकहरू स्टेज छेउछाउ भेला भए । र उनीसँगै कमर मकाई–मकाई नाच्न थाले । राति करिव ८ बजे गायिका ज्योति मगर स्टेज चढेकी थिइन् । छोटो पहिरनमा ज्योति स्टेजमा उत्रिएपछि महोत्सवमा तरंग छायो । दर्शकको लगातारको हुटिङसँगै उनले करिव…
२३ चैत्र २०७९, बिहीबार, काठमाडौं । मोरङको विभिन्न तीन परिक्षा केन्द्रबाट दुई दिनको अवधिमा २ सय भन्दा बढि एसईई दिईरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै, केराबारी गाउँपालिका ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट १२७ जना र सुन्दरहरैचा नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार ग्रामथानकै सरस्वती माविमा विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उपमहानगरपालिका वडा नं ५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू…
२३ चैत्र २०७९, बिहीबार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसँगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
२३ चैत्र २०७९, बिहीबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा थियो । जसमा लुम्बिनी प्रदेशमा सोधिएको एउटा प्रश्न छ, ‘प्रदेश १ को नामकरण हुन सकेको छैन । यस सन्दर्भमा त्यस प्रदेशका वर्तमान मुख्यमन्त्रीलाई प्रदेशको नाम के राख्ने भनी सल्लाह दिनुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।’ प्रदेशसभाको दुई तिहाइले १७ फागुनमै कोशी नामकरण गरे पनि एक महिनापछि यस्तो प्रश्न सोधेकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रश्नपत्र बनाउँदा शिक्षकहरुले समसामयिक विषयमा ध्यान नदिएको, बालबालिकाको मनोविज्ञान माथि खेलवाड गर्न खोजेको भन्दै विरोध भइरहेको छ । परीक्षा नियन्त्रक (कक्षा १०)…
२३ चैत्र २०७९, बिहीबार, मेचीनगर। मेचीनगर २ भृकुटी बजारमा यात्रुवाहाक बस र बाइकको दुर्घटना ग्रस्त भएको छ। उक्त दुर्घटना भृकुटी बजार स्थित ट्निङमा सुमन चोकबाट इटाभट्टा तर्फ लाग्दै गरेको को.१ ख ४२७५को यात्रुबाहक बससंग प्र.१-०१-०१४ प ९७८० को डिस्कभर बाइक आफ्नो घर जानेक्रममा ठक्कर खाएको हो ।सो दुर्घटनामा बाइक चालक गम्भीर घाइते र अचेत अवस्थामा स्थानियवासीहरुले नजिकैको स्वस्थ्य क्लिनिकमा प्राथमिक उपचार गरि हस्पिटल तुरुन्तै पठाउने कार्य गरेका थिए ।स्रोतको जानकारी अनुसार उक्त बाइक चलक गाडागल्ली निवासी इन्द्र मणि आचार्य भएको छ भने घटना ग्रस्त दर्शकहरुको भनाई अनुसार इटाभट्टाबाट गाडागल्ली जादैगरेको बाइक चालकले घुम्तिमा ओभर स्पिड र आफ्नो साइडबाट बाहिर गै…
२२ चैत्र २०७९, बुधबार, काठमाडौं । ११ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सुनचाँदी व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश शाक्यले भनेका थिए, ‘सुनचाँदी आपूर्ति व्यवस्थित नहुँदा बजारमा कालोबजारी मौलाइरहेको छ ।’ यसो भनेर उनले राज्यले सुनमा लगाएको कोटा प्रणालीको विरोध गरे । उनले कोटा प्रणाली र बैंकहरूले मात्रै आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको बताए । शाक्य यतिमा रोकिएनन् । उनले भने, ‘मुलुकमा प्रतिदिन ३० किलो सुन आवश्यक रहे पनि राष्ट्र बैंकले १० किलो मात्रै उपलब्ध गराउँदै आएको छ । आपूर्ति कम र माग बढी भएका कारण यस क्षेत्रमा कालोबजारी मौलाइरहेको छ । यसले व्यवसायीको पनि बेइज्जत भइरहेको…
२२ चैत्र २०७९, बुधबार, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो । नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् । यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा…
२२ चैत्र २०७९, बुधबार, काठमाडौ. । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रक्षा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभएको थियो । उहाँले नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पु¥याएको उल्लेख गर्दै नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भए…
२२ चैत्र २०७९, बुधबार, काठमाडौं । सरकारको योजना पुरा भए अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरि लिपि देखिने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्दै इम्बोस्ड नम्बर प्लेटमा अग्रेजी वा देवनागरि अंक/अक्षर वा दुवै लेख्न सकिने व्यवस्था गरेको छ । अहिलेसम्म इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी र अंक मात्रै लेख्न सकिने व्यवस्था थियो । नयाँ व्यवस्था गरेरै प्लेटमा देवनागरि लिपीमा लेख्न लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार अब प्रदेशको नाम प्लेटमा इम्बोस्ड नगरी (अक्षर नउठाई) लेखिनेछ । ‘यसका लागि धेरै चरणमा ठेकेदार कम्पनी टाइगर डेकाटुर…