२२ चैत्र २०७९, बुधबार, काठमाडाैं । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोकका डिस्ट्रिक कलेक्टर तुसार निखारेले विज्ञप्ति निकालेर जनाएका छन्। साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए।मंगलबार मध्याह्न गान्तोक(नाथुला जेएनएम…
Author: सन्देश पोस्ट
२२ चैत्र २०७९, बुधबार, अमेरिका । स्रस्टा साँझ अमेरिकाले युलेस सिटी पब्लिक लाइब्रेरीलाई उपहार स्वरूप पुस्तक हस्तान्तरण गरेको छ । युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रममा करिब १०० ओटा पुस्तक प्रदान गरिएको हो । स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितको अगुवाइ र युलेस सिटीका काउन्सिलर टीका पौडेलको व्यवस्थापनमा सो कार्यक्रमको आयोजना गरिएको हो । अब सो पुस्तकालयमा एउटा छुट्टै नेपाली सेक्सन बनाएर नेपाली समुदायबाट प्राप्त पुस्तक राखिने लाइब्रेरी को(अर्डिनेटर सेरीले जानकारी दिइन् । यसैगरी, सिटी मेनेजर लोरेट्टाले नेपाली समुदायको यो कार्यले पुस्तकालय र नेपाली समुदायसँगको सम्बन्ध अझ नजिक बनेको बताइन् । साथै, आगामी दिनमा यस्तै सहयोगको…
२१ चैत्र २०७९, मंगलवार, निजी तथा कर्पोरेट अफिसहरुमा कर्मचारीहरुलाई निश्चित कार्यसम्पादन लक्ष्य दिइन्छ । तर कहिलेकाहीँ विभिन्न कारणले गर्दा आफूलाई दिइएको टार्गेट पूरा गर्न कर्मचारीहरु असमर्थ पनि हुने गर्छन् । कार्यसम्पादनमा आधारित तलब भत्ता प्रदान गर्ने अफिसहरुले लक्ष्य अनुरुपको काम गर्न नसक्ने कर्मचारीहरुको तलब भत्ता तथा बढुवा समेतमा कैँची चलाउने गर्दछन् । तर दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ उत्कृष्ट काम गर्न नसक्ने कर्मचारीहरुले थप्पड खानुपर्छ । तर त्यस्तो थप्पड हाकिमबाट खानुपर्ने भने होइन । राम्रो काम गर्न नसकेका कर्मचारीहरुले एक अर्काको गालामा चड्कन लगाउँछन् । यस्तो अनौठो तथा हिंश्रक लाग्ने नियम हङकङको एक बिमा कम्पनीले लागू गरेको हो ।…
२१ चैत्र २०७९, मंगलवार, एजेन्सी, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा जानका लागि चार सदस्यीय टोली घोषणा गरेको छ। नासाले एक महिला, एक अश्वेत र एक क्यानेडियनलाई समावेश गरेर चार सदस्यीय टोली घोषणा गरेको हो। १० दिने यात्रामा रेड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिष्टिना कोच र जेमी हेसन सहभागी हुने नासाले जनाएको छ। निल आम स्ट्रङ जुलाई २० १९६९ मा पहिलोपटक चन्द्रमामा पुगेका थिए। त्यसपछि यी चार जनाको टोली जान लागेको जोनसन स्पेस सेन्टरका निर्देशक भेनेसा यचले बताएकी छन् । ‘५० वर्षपछि पहिलोपटक ‘आर्टेमिस टू’ का टोली चन्द्रमामा जान लागेका छन्,’ उनले भनिन्। उनीहरू सन् २०२४ मा चन्द्रामामा जाने बताइएको छ। नासाको एपोलो कार्यक्रम अन्तर्गत…
२१ चैत्र २०७९, मंगलवार, आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’को नयाँ गीत सार्वजनिक गरिएको छ । तेस्रो गीतको रुपमा मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको डान्सिङ गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर छ भने बसन्त सापकोटाले संगीत दिएका छन् । गीतमा बसन्तकै शब्द छ । उनी ‘नाईं नभन्नू ल’ सिरिजमा नछुट्ने संगीतकार हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका दुई कलाकार आशिर्वाद क्षेत्री र आँचल शर्मा छरितो नृत्य गर्दै देखिएका छन् । आशिर्वादले यही फिल्मबाट डेब्यू गरेका हुन् । ट्रेलर र गीतमा उनको प्रस्तुती हेर्दा फिल्म क्षेत्रले कुशल एक्सन र…
२१ चैत्र २०७९, मंगलवार, काठमाडौं। सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई…
२० चैत्र २०७९, सोमबार, धादिङ। जिल्ला अदालत धादिङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक महिलालाई २ वर्ष कैद गर्ने फैसला गरेको छ । २१ वर्षीया एक महिलालाई गल्छी गाउँपालिका २ की ४५ वर्षीया बालकुमारी परियारले भारतमा लगेर बिक्री गरेको आरोपमा गत साउन १३ मा पीडितले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । न्यायधिस स्वीकृति पराजुलीको इजलासले यही चैत ६ गते कसुर निर्धारण गरेको र आज २ वर्ष कैद गर्ने फैसला भएको हो । पीडित परिवारले महिला बेचबिखन भएको भन्दै काठमाडौँ स्थित प्रहरी कार्यालयमा उजुरी पनि दिएका थिए । पीडित परिवारको तर्फबाट जानकारी पाएपछि माइती नेपालको सहयोगमा भारतीय प्रहरी समेतले उद्धार…
२० चैत २०७९ सोमबार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आज चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् । वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् । उपनिर्वाचन वैशाख १० मा चितवन-२, बारा-२ र तनहुँ-१ मा हुँदैछ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।
१९ चैत्र २०७९, आईतवार, काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको…
१९ चैत्र २०७९, आईतवार, काठमाडौं । प्रतिनिधि सभाको नियमावली पारित भएको छ । यो सँगै प्रतिनिधि सभाअन्तर्गत विभिन्न समिति गठन गर्ने बाटो खुलेको छ । नियमावली पारित नभएकै कारण संसदीय समितिहरू गठन भएका थिएनन्। संसदीय समितिले सरकारका मन्त्रालयका काम कारबाहीको परीक्षण र निरीक्षणसँगै विधेयक निर्माणमा छलफल गर्ने गर्छन्। त्यस्तै संविधानमै व्यवस्था भएको संसदीय सनुवाइ समितिले पनि अब पूर्णता पाउने भएको छ। समितिमा प्रतिनिधि सभाबाट सदस्यहरू नतोकिएका कारण प्रधानन्यायाधीशको सुनुवाइ गर्न आवश्यक समिति बनेको थिएन। यद्यपी प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न आवश्यक संवैधानिक परिषद् ऐनको संशोधन विधेयक पनि हाल प्रतिनिधि सभामै विचाराधीन छ। नियमावली पारित गर्नुअघि सभामुखले डाकेको छलफलमा दलहरूबीच सहमति जुटेको…