१९ चैत्र २०७९, आईतवार, काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुहुनेछ । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २,राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं.१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार…
Author: सन्देश पोस्ट
१९ चैत्र २०७९, आईतवार, काठमाडौं । सरकारले ल्याउन खोजेको एक विवादास्पद कानूनको विरुद्ध र सो कानुनको बिपक्षमा उभिएका रक्षामन्त्रीको राजीनामा पछि इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा भईरहेको विरोध बढेर बिशाल प्रदर्शंनमा देखिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक प्रदर्शनमा निरन्तर सहभागी भईरहेका छन् । सरकारको सो कदम बिरुद्धको प्रदर्शनमा विपक्षी दल तथा सामाजिक र राजनीतिक अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा हालसम्म इजरायली सरकारले २७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । भ्रष्टाचारको आरोप लागेका…
१८ चैत्र २०७९, शनिबार, काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सरकारी टोलीबाट गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट संयोजक मनोज पासमान टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको हो । सहमति भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग गठनको निर्णयपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको वार्ता पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै पीडितका तर्फबाट नियमित रूपमा आउने उजुरीलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरव्याज पीडितको…
१८ चैत्र २०७९, शनिबार, काठमाडौं ।काठमाडौंका सडकमा केही दिनदेखि संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन । सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ । पुन: वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुने५ ।मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीन जना मिटरब्याजी पक्राउ…
१८ चैत्र २०७९, शनिबार, काठमाडाैं । जल तथा माैसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन…
१७ चैत्र २०७९, शुक्रबार, मेचीनगर । कोशी प्रदेश नामाङ्कनको खारेजीको माग गर्दै झापाको मेचीनगर नगरपालिका कार्यालयमा पहिचान पक्षधरहरुले आज तालाबन्दि गरेकाछन् । पहिचान पक्षधरहरुको संयुक्त संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार तालाबन्दी गरिएको जसपा नेता ओमप्रकाश खापुङ्गले बताए । पहिचान पक्षधरहरुले नारावाजीका साथ मेचीनगर नगरपालिकाको कार्यालयमा पुगेर कार्यालय प्रवेशको गेटमा ताला लगाएका थिए । तालाबन्दी गर्न अघि उनीहरुले कार्यालयमा रहेका जनप्रतिनिधि र कर्मचारीहरुलाई बाहिर निस्कन तीन मिनेटको समय दिएका थिए । नगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती आन्दोलनकारीले बाहिर निस्कन आग्रह गरेपछि कार्यालयबाट बाहिर निस्केका थिए ।
१७ चैत्र २०७९, शुक्रबार, काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो । खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए । यसअघि १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ…
१६ चैत्र २०७९, बिहीबार,
१६ चैत्र २०७९, बिहीबार, काँकरभिट्टा ।अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको माछा र कुखुराको मासु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ । बिओपी काँकरभिट्टाबाट खटिएको टोलीले आज(बिहिवार) नेपाल—भारत सीमा मेची पुलबाट अन्दाजी २० हजार मुल्य बराबरको ५० केजी ब्रोइलर कुखुराको मासु र अन्दाजी तिन हजार मुल्य बराबरको १० केजी माछा नियन्त्रणमा लिएको थियो । उक्त मासु तथा माछा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको बिओपी काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिएकाछन् । चौतारी पोष्ट अनलाइनबाट
१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । सीईओ एलन मस्क हरेक ट्वीटर प्रयोगकर्तालाई कुनै न कुनै रुपमा शुल्क तिर्न बाध्य बनाउने बाटोमा अगाडि बढिरहँदा र ट्वीटरमा भेरिफिकेसन ब्याजका लागि अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिरहँदा एउटा अनौठो तथ्य बाहिरिएको छ । एउटा रिपोर्ट अनुसार ट्वीटरका भेरिफाइड अकाउन्ट अर्थात् निलो टिको पाएका त्यस्ता अकाउन्टमध्ये करीब आधाजसोमा १ हजार भन्दा पनि कम फलोअर्स छन् । अझ अर्को रोचक तथ्य त के भने २ हजार २७० वटा यस्ता भेरिफाइड ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या शून्य छ । Mashable मा प्रकाशित रिपोर्टमा शोधकर्ता ट्राभिस ब्राउनले हाल ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्या ४ लाख ४४ हजार ४३५…