Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

१७ चैत्र २०७९, शुक्रबार, मेचीनगर । कोशी प्रदेश नामाङ्कनको खारेजीको माग गर्दै झापाको मेचीनगर नगरपालिका कार्यालयमा पहिचान पक्षधरहरुले आज तालाबन्दि गरेकाछन् । पहिचान पक्षधरहरुको संयुक्त संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार तालाबन्दी गरिएको जसपा नेता ओमप्रकाश खापुङ्गले बताए । पहिचान पक्षधरहरुले नारावाजीका साथ मेचीनगर नगरपालिकाको कार्यालयमा पुगेर कार्यालय प्रवेशको गेटमा ताला लगाएका थिए । तालाबन्दी गर्न अघि उनीहरुले कार्यालयमा रहेका जनप्रतिनिधि र कर्मचारीहरुलाई बाहिर निस्कन तीन मिनेटको समय दिएका थिए । नगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती आन्दोलनकारीले बाहिर निस्कन आग्रह गरेपछि कार्यालयबाट बाहिर निस्केका थिए ।

Read More

१७ चैत्र २०७९, शुक्रबार, काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो । खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ…

Read More

१६ चैत्र २०७९, बिहीबार, काँकरभिट्टा ।अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको माछा र कुखुराको मासु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ । बिओपी काँकरभिट्टाबाट खटिएको टोलीले आज(बिहिवार) नेपाल—भारत सीमा मेची पुलबाट अन्दाजी २० हजार मुल्य बराबरको ५० केजी ब्रोइलर कुखुराको मासु र अन्दाजी तिन हजार मुल्य बराबरको १० केजी माछा नियन्त्रणमा लिएको थियो । उक्त मासु तथा माछा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको बिओपी काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिएकाछन् । चौतारी पोष्ट अनलाइनबाट

Read More

१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । सीईओ एलन मस्क हरेक ट्वीटर प्रयोगकर्तालाई कुनै न कुनै रुपमा शुल्क तिर्न बाध्य बनाउने बाटोमा अगाडि बढिरहँदा र ट्वीटरमा भेरिफिकेसन ब्याजका लागि अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिरहँदा एउटा अनौठो तथ्य बाहिरिएको छ । एउटा रिपोर्ट अनुसार ट्वीटरका भेरिफाइड अकाउन्ट अर्थात् निलो टिको पाएका त्यस्ता अकाउन्टमध्ये करीब आधाजसोमा १ हजार भन्दा पनि कम फलोअर्स छन् । अझ अर्को रोचक तथ्य त के भने २ हजार २७० वटा यस्ता भेरिफाइड ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या शून्य छ । Mashable मा प्रकाशित रिपोर्टमा शोधकर्ता ट्राभिस ब्राउनले हाल ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्या ४ लाख ४४ हजार ४३५…

Read More

१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको बताइएको छ। यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको श्रेष्ठले उल्लेख गरेका छन्। थरलाई जात कायम गर्ने, जातअनुसार…

Read More

१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । ३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।

Read More

१५ चैत्र २०७९, बुधबार, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन्। बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ। मन्त्रिपरिषद विस्तार नहुँदा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन छ। मन्त्रालयको संख्या टुंगिएपनि स्वास्थ्य मन्त्रालय कसले पाउने भन्ने तय भइसकेको छैन। ‘मन्त्रालयको संख्याका विषयमा सहमति भएको छ। तर स्वास्थ्य मन्त्रालय कुन दलको भागमा पर्छ भन्ने अझै भन्न सकिने अवस्था छैन,’ सत्ता गठबनधनका एक नेताले भने।

Read More

१५ चैत्र २०७९, बुधबार, काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठग्ने समूहका ३ जना चैत १२ मा पक्राउ परे । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् । उनीहरूको कनेक्सन पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ डा. इन्द्रजीत राईसँग देखिएको छ । प्रहरीको अनुसन्धानबाट ठगीमा संलग्न आरोपी सानु भण्डारी र केशव प्रसाद दुलालको सम्पर्क डा. राईसँग देखिएको हो । डा. इन्द्रजीतका छोरा नीरजले आरोपीहरूसँग १ करोड भन्दा धेरै रकम ‘घुस’ लिएको अनुसन्धानका क्रममा आरोपीले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘नीरजले भुटानी शरणार्थीसँगै…

Read More

१४ चैत्र २०७९, मंगलवार, चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’ सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा हटलाइन नम्बरसहितको डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी गराइयो । कार्यक्रममा बोर्डलाई डिजिटल प्रविधिमा लैजाने योजनासहितको डेमोस्ट्रेसन (नमुना) समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हाद प्रसाद पुडासैनी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक खेमराज खनाल, प्रहरी बरिष्ठ नायब निरिक्षक…

Read More