काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।” पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले…
Author: सन्देश पोस्ट
काँकरभिट्टा । ईलाका प्रहरी कार्यालयको ब्यारेक भित्र कार्यालय सहयोगी (भान्से) निरबहादुर विक झुण्डीएको अवस्थामा फेला परेकाछन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ईप्रका काँकरभिट्टामा कार्यालय सहयोगी (भान्से)का रुपमा कार्यरत विकले एक तले प्रहरीको व्यारेक भित्र भित्रबाट ढोका बन्द गरेर तन्नाको पासो लगाई पंखामा झुण्डीएको अवस्थामा भेटिएको बताए । प्रवक्ता खड्काका अनुसार दिउँसो करिब दुई बजेको समयतिर भित्रबाट ढोका लगाएको अवस्थामा व्यारेककै पंखामा उनलाई झुण्डीएको अवस्थामा भेटिएको उनले बताए । घट्नाका विषयमा प्रहरीले अनुसंधान गरिरहेको र घट्नाका विषयमा परिवारलाई जानकारी गराईएको बताए ।
झापा । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सृजना भएको छ। केबलकार निर्माण विरोधी समूहले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको शनिबार राति बसेको आकस्मिक बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा आज (आइतबार) बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो। प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस,…
७ फागुन, काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लबको बुधबार सम्पन्न १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेका छन् । कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ । अध्यक्षमा डम्बर…
काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो। उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए। पक्राउ…
काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।
महोत्तरी । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् । गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद…
अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको जोडी बाँधिएको फिल्म ‘सोल्टिनी’को छायांकन पूरा भएको छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुर गाउँका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म प्याकअप भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । मंगलबार साँझ भोजपुरको अन्नपूर्ण गाउँमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो । निर्देशक सुवेदीले पर्याप्त पूर्व तयारीका कारण समयमै छायांकन सकिएको बताए । ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायांकन सकायौं,’ सुवेदी भन्छन्, ‘इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्यो ।’ अर्जुनले यसअघि फिल्म ‘रंगेली’ निर्देशन गरेका थिए । ‘सोल्टिनी’मा…
मेचीनगर । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले लक्ष्मीप्रसाद कडरियाकाे नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय अपाङ्गकाे प्रथम नगर कमिटी गठन भएको हाे । कमिटीकाे उपाध्यक्षमा हरि पाेखरेल, सचिवमा करूणा पाेखरेल, सहसचिवमा डिल्लीप्रसाद पाैडेल र काेषाध्यक्षमा शुशिला गाैतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पवित्रा दर्लामी, पाेरेन धिमाल, ईन्दिरा गाैतम, मञ्जिला तामाङ, सेवक तामाङ र चन्द्रकुमार ढुंगेल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सजना बराल,…
मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ हुने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । यसअघि चौँथो ‘मेचीनगर गोल्डकप’ २०७५ मा भएको थियो । त्यसपछि कोभिड–१९ र अन्य कारणले रोकिएको उक्त गोल्डकप ६ वर्षपछि हुने भएको आयोजकले जनाएको छ । गोल्डकप काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । गोल्डकपको संरक्षकका रुपमा मेचीनगर नगरपालिका रहनेछ । उक्त प्रतियोगिता गर्न नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ । आज काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले…