काठमाडौँ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार सो आदेश दिएका हुन् । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
Author: सन्देश पोस्ट
१२ माघ, मेचीनगर । मेचीनगर लेडी जेसीजले ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको छ । शुक्रबार जेसीजको पहिलो कार्यक्रम अन्तरगत ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको हो । उक्त तालिमको उद्घाटन मेचीनगर–१० का वडाध्यक्ष एवम् मेचीनगर लेडी जेसीजको मातृ शाखा धुलाबारी जेसीजका पूर्व अध्यक्ष नारायण खनालले गरेका थिए । तालिममा सहभागीहरुलाई मेचीनगर–७ की वडा सचिव, धुलाबारी जेसीजकी पूर्व अध्यक्ष एवम् नेपाल जेसीज सन २००४ की रास्ट्रिय उपाध्यक्ष लक्ष्मी राईले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष, मानार्थ सदस्य, वोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको तालिम संयोजक शुष्मा राजबंशीले जानकारी दिइन् । मेचीनगर लेडी जेसीज…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन्। ट्रम्पले कोभिड–१९ को समयदेखि नै डब्ल्यूएचओको आलोचना गर्दै आएका थिए। यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “ओह, यो ठूलो निर्णय हो ।” अरू देशको तुलनामा यसका निम्ति अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताएका छन् । डब्ल्यूएचओतर्फ संकेत गर्दै ट्रम्पले भने, “उनीहरूको धेरै इच्छा छ कि हामी फिर्ता होऔँ । त्यसैले हेरौँ के हुन्छ ।” अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोमा नयाँ कर लगाउने घोषणा गरेका…
काठमाडौं । विभिन्न भाका र शब्यहरुमा नेपाली बजार तताई रहेकाे अवस्थामा साेनराकि प्राेडक्नकाे प्रस्तुतिमा शुन्दर मगरले बिलकुलै नयाँ साङ्गीतिक काेसेलि ” मन ” लिएर आएका छन्। उपत्यका र आसपारकाे स्थानमा छायांकन गरिएकाे ३ मिनेटकाे साङ्गीतिक भिडियाेमा शुन्दर मगर र पम्फा चाम्लिङ राईकाे आवाजमा रहेकाे छ भने शब्द, सङ्गीत समेत शुन्दर मगरकाे रहेकाे छ। यस्तै, यस गीतकाे भिडियाेलाई JB Motu ले डाइरक्सन गरेका छन् भने याे गीतकाे भिडियाेमा माेडलकाे रुपमा भने प्रकाशदिप तिमल्सिना र मिकु चाम्लिङलाई देख्न सकिन्छ। उक्त “मन” साङ्गीतिक काेसेलिमा तयार पारिएकाे भिडियाेकाे काेरियाेग्राफ तथा भिडियाे सम्पादन भने सुमन बुढाथाेकिले गरेका छन् भने, शुन्दर मगर नामक युटुब च्यानलमा याे…
झापा । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन गर्नु हुँदै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । एसियन हाइवे को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको…
झापा । झापाका प्रहरी उपरीक्षक मिलन केसी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन्। २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच केसीलाई अर्यालले सम्मान गरे। अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे। सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। केसी एक वर्षदेखि झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत् रहेका छन्। उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण…
एजेन्सी। एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू…
एजेन्सी। इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो। प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्। इजरायलले हालसालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो। – न्युज अफ नेपाल
झापा । धरानमा खानेपानीको चरम अभाव भएपछि उप–महानगरपलिका प्रमुख हर्क साम्पाङ्गनै हातमा रित्तो गाग्री बोकेर विरोध प्रदर्शनमा उत्रिएका छन् । केन्द्रीय सरकारले अत्यन्तै धेरै बिभेद गरेको छ धरानलाई । पहिले पनि सरकारले सहयोग गरेको होइन ऋण दिएको हो, अझै ५६ करोड ऋण तिर्न बाँकि भएको मेयर साम्पाङ्गको भनाइ छ । उप महानगर प्रमुख आफै आक्रोशमा आएर केन्द्रीय सरकारले, खाने पानी मन्त्री, प्रधान मन्त्रीले धरानको लागि खै के गर्नु भएको छ र ? म प्रश्न गर्न चाहन्छु । यहाँ राष्ट्रिय गौरवका योजनाहरु पारिएका छैनन् , त्यो यहाँ केन्द्रीय सरकारले पार्नु पर्यो । धराने जनताले जहिले जहिले पानीको काकाकुल बन्नुपर्ने ? पहिले…
तरुण राई, ६ मंसिर,धुलाबारी। एक्का नेपालको सहकार्यमा ‘परिवर्तनका लागि यूवा’द्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित मेची अन्जुमन इस्लमिया मदरसाको प्राङगणमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ‘परिवर्तनका लागि यूवा’का काउन्सेलर चाँदनी अन्सारीले महिलामा हुने महिनावारी धार्मिक दोष नभएर यो प्रकृति प्रक्रिया भएकोले महिनावारी भएका बेला विशेष आहार र सरसफाइ गर्नुपर्ने बताउनु भयो साथै महिनावारी हुँदा कसरी सरसफाइ गर्ने तौर तरिकाबारेमा जानकारी दिनुभयो । परिवर्तनका लागी यूवा’का काउन्सेलर प्रियंका दनुवारले महिनावारी हुँदा पुन प्रयोग गर्न मिल्ने प्याड सम्बन्धी प्रयोग गर्ने बिधि र सरसफाइ गर्ने तरिकाको बारेमा जानकारी दिनुभयो। मेची अन्जुमन इस्लमिया मदरसाका मौलाना राज अलीले यस प्रकारको…