Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

Read More

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ । यस्तो छ मुल्यसुची:

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए । तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् । यसअघि सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक…

Read More

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका  रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतवार देखी सुरू भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिएकाे हाे ।…

Read More

झापा । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध…

Read More

झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि एकराज…

Read More

मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काँकरभिट्टाको आफ्नै चर्च भवनमा ११ औं बार्षिक साधारण सभाले रेभ शमूएल तामाङको अध्यक्षतामा २ पदेन सदस्यसहित १६ सदस्यीय परिषद गठन भएको हो । कृपा फ्रि मेथोडिस्ट चर्च परिषदको सचिवमा डिकन होमराज राई, कोषाध्यक्ष डिकन डि वी राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा डिकन रेखा पुन, गुरुआमा लिली तामाङ, रुथ सुब्बा, कला राई, सन बहादुर थापा, रन्जना सुजी, शुसिला तामाङ, दिना तामाङ, उमेश लामा, अर्जुन मुखिया र बिकास गुरुङ गठन भएका छन् भने पदेन सदस्यमा आमा दिदीबहिनी संगतीका अध्यक्ष दिलु मुखिया र जवान…

Read More

मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्चको आयोजनामा संचालित एक बर्षीय चेलापन तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार चर्चको ११ औं बार्षिक साधारण सभा एल्डर दिल राईको प्रमुख आतिथ्यमा पहिलो एघार जना समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो । प्रशिक्षक होमराज राईले एक बर्ष अघिदेखि १४ जना प्रशिक्षार्थीहरुलाई “नयाँ जीवनको बाटो, र मण्डली निर्माणमा चेलापन तालिम” नामक पुस्तक साथै अन्य बाहिरी पुस्तकहरुबाट प्रशिक्षण दिइएका थिए । यो तालिम महत्वपूर्ण भएकाले निरन्तर चलिरहनेछ । अब दोस्रो समूहको क्लास शुरु हुने प्रशिक्षक राईले भने । दीक्षान्त समारोहका प्रशिक्षार्थीहरुलाई सम्मानस्वरुप चर्चका गुरुआमा लिली तामाङ र आमा दिदीबहिनी संगतिका अध्यक्ष दिलु मुखियाले खदा…

Read More

मेचीनगर । काँकरभिट्टा  खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर-६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको चरम अभाव हुँदा सम्मानित राजबंशीद्वय लगायतले सर्वसाधारण र बजारमा पानीको अभाव टार्न टिनको भारमा पानी बोकेर तिर्खाको प्यास मेटाएका थिए । सो क्षेत्रमा चट्टानसहित टापु रहेकाले ट्युवेल गाड्न सकस भइ पानीको हाहाकार हुने गरेको थियो । धुम्मलाल राजबंशी र कप्तान राजबंशीले १ किलोमीटरबढी…

Read More