बुटवल । सवारी साधनको आवाज र मोडल नै मोडिफाएर गरी समाजमा ध्वनि प्रदूषण गराउनेमाथि ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही अभियान चलाएको छ । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यलयका प्रमुख, श्यामबहादुर खत्रीले बताए । ‘चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’–प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई…
Author: सन्देश पोस्ट
काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् ।केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण तिब्बतको सिगात्से सहरसहित अन्य…
२३ पुष २०८१, मंगलवार , काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चीनको तिब्बतमा पर्ने दिङ्गे काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए। भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए। काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
मेचीनगर । झापाको मेचीनगरमा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई कृपा फ्रि मेथोडिस्ट चर्चद्धारा खाद्यन्न सामग्री वितरण गरेको छ । केन्द्रमा कुल १३ जना बालबालिका आश्रित छन् । चर्चले प्रदान गरेको राहत सामाग्री चामल ९० केजी,तेल १० लिटर,दाल ५ केजी, चिनी ५ केजी,चिया रंग १ केजी, र मिठाइ २० पकेट गरि १५ हजार ९६० बराबरको राहत केन्द्रका सञ्चालक समितिका अध्यक्ष अम्बर बिष्टले ग्रहण गरेका थिए । अध्यक्ष बिष्टले बालबालिकाप्रति वास्तागरी देखाउनु भएकोे प्रेमकोे कदर गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिइएका थिए । चर्चका रेभ पास्टर शमूएल तामाङले भन्नुभयो, बाइबल धर्मशास्त्रले अनाथ र बिधुवालाई हेर्नु भनेर लेखिएको बचन अनुसार हामीले हरेक सालमा…
मेचीनगर, २० पुस । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले पदबाट राजीनामा दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । ‘संस्थाको विधान अनुसार मेरो नेतृत्वको कार्यसमितिको अवधि सकिएको र नियमित समयमै अधिवेशन गर्न प्राविधिक समस्या उत्पन्न भएका कारण आफ्नो पदिय जिम्मेवारी तथा दायित्वलाई बोध गर्दै आफ्नो कार्यकालमा भएका गतिविधिहरुको जस–अपजस समेतलाई शिक्षाको रुपमा ग्रहण गर्दै आजका मितिसम्म मलाई साथ सहयोग र सुझाव दिनुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आज मिति २०८१ पुस २० गते शनिबारका दिनदेखि प्रेस क्लब मेचीनगरको अध्यक्षको जिम्मेवारीबाट राजीनामा गरेको यसै विज्ञप्तीमार्फत सार्वजनिक गर्दछु ।’ उनले लेखेका छन् ।…
नयाँ दिल्ली । भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ। इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ। विशेष कुरा यो हो कि…
१७ पुस , झापा । जंगलमा घाँस र दाउरा काट्न गएका समूहकी मध्ये एकजना महिलालाई हात्तीले लखेटेर आक्रमण गर्दा मृत्यु भएको छ । कचनकबल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका १५÷२० जनाको समूह मध्येकी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशीलाई आज मध्यान्न १२ वजे जंगली हात्तीले लखेटेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई हात्तीले लखेटेर खेदाएको बनियानी प्रहरीमा जानकारी हुनासाथ खोजी गर्दा दिउँसो साढे ४ वजे वनमा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ । वनदेखि बनियानीको ९ किलोमिटर पश्चिम उत्तरमा राजबंशीलाई घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जनाएको छ । घाइते…
झापा । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ। पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो। पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले आज हामी यहाँ भेला भएका छौं। आज दुइटा विभाग सूचना,सञ्चार,प्रचार तथा युवा गठन गर्न गइरहेको छौं । दुवै विभालाई शुभकामना तथा अझ शसक्त भएर अगाडी बढ्न समेत निर्देशन गिरीले दिनुभएको छ। ८४ सालको…
काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन । उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो फण्ड मी’ मा चन्दा संकलन शुरू…
१३ पुस , बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा टीकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा छन् । कार्यसमितिमा पछि २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ…