Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

मेचीनगर । कृपा फ्री मेथोडिस्ट चर्चले शनिबार आफ्नो १२औँ वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चर्च परिषद्का अध्यक्ष रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पास्टर बिरेश गुरुङ रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मत्ती १६:१८ उद्धृत गर्दै मण्डली परमेश्वरकै योजनाअनुसार चट्टानमा स्थापित हुने बताउनु भयो। उहाँले परमेश्वरले दागरहित, चाउरी नपरेको प्रतापी मण्डली खोजिरहनुभएको उल्लेख गर्दै मण्डलीको वास्तविक सार आकारमा नभई करार र प्रतिवद्धतामा आधारित हुने स्पष्ट पार्नुभयो। “धेरै मण्डलीहरू आज शक्तिशाली बन्न नसक्नुको कारण परमेश्वरको उपस्थितिमा पुग्न कठिनाइ हो। हाम्रो चाल–ढाल, बोली–व्यवहार र जीवन समाजले हेर्न सक्छ भन्ने चेतना मण्डलीले धारण गर्नुपर्छ,” पास्टर…

Read More

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले माघ ४ गते राजीनामा दिने तयारीपछि कामपा सहरी योजना आयोग भंग जस्तै हुने भएको छ। मेयरसँगै आयोगमा कार्यरत उपाध्यक्ष, विज्ञ तथा सहायक विज्ञ गरी करिब २५ जनाको पद स्वतः खारेज हुनेछ। कानुनअनुसार सहरी योजना आयोगका अध्यक्ष मेयर नै हुने व्यवस्था भएकाले मेयर साह पदबाट अलग भएपछि आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीसहित पदाधिकारीको जिम्मेवारी समाप्त हुनेछ। राजभण्डारीले आफूले दोहोरिएर नियुक्ति पाएकाले राजीनामा नदिनुपर्ने तर्क गरे पनि ऐनले उनको पद स्वतः रिक्त हुने स्पष्ट उल्लेख गरेको कामपा स्रोत बताउँछ। २०७५ मा बनेको सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधिअनुसार उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका र…

Read More

– होमराज राई, नेपालका बहुसंख्यक समुदायले प्रत्येक वर्ष माघ १ गते मनाउने पर्व हो माघे संक्रान्ति, जुन संस्कृत भाषाका दुई शब्द “मघ” र “संक्रान्ति” बाट बनेको मानिन्छ। संक्रान्ति शब्दले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने खगोलिय परिवर्त्तनलाई जनाउँछ। यसै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ, त्यसैले यो पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। नेपालका बहुसंख्यक समुदायले प्रत्येक वर्ष माघ १ गते मनाउने पर्व हो माघे संक्रान्ति, जुन संस्कृत भाषाका दुई शब्द “मघ” र “संक्रान्ति” बाट बनेको मानिन्छ। संक्रान्ति शब्दले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने खगोलिय परिवर्त्तनलाई जनाउँछ। यसै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ,…

Read More

मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो। विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्‍यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको…

Read More

झापा, पुस २७। मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो। रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ। उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना…

Read More

१५ पुष २०८२, मंगलवार, मेचीनगर । पुस २७ र २८ गते सञ्चालन हुने इन्डो–नेपाल मेचीनगर मिडिया कपको लोगो सार्वजनिक गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन लागेको मिडिया कपको लोगो आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रफीको आकारमा तयार गरिएको लोगोको माथिल्लो भागमा फुटबल समावेश गरिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू अंकित छन् । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा समावेश गरिएका छन्, जसले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश प्रवाह गर्दछ । प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक…

Read More

काठमाडौं– सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले गृहमन्त्रालय अर्न्तगतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै, सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरुले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रमस्वीकृति दिन स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ । नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारवीच जापान इन्टरन्यासनल ट्रेडिङ कोअप्रेशन अर्गनाइजेसन जितको अर्न्तगत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्वन्धी निर्देशिका २०६६ खारेज…

Read More

१० पुष २०८२, बिहीबार, मेचीनगर । येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको अवसरमा कृपा फ्री मेथोडिस्ट चर्च, काँकरभिट्टाले भव्य तथा सभ्य रूपमा ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख वक्ता रेभ. शमूएल तामाङले मानवजातिको पापबाट उद्धार, प्रेम र भलाइका लागि येशू ख्रीष्ट पृथ्वीमा आउनुभएको बताउनुभयो। उहाँले ख्रीष्टमस भनेको येशूले सिकाउनुभएको असल शिक्षालाई व्यवहारमा उतार्नका लागि मनाइने पर्व भएको उल्लेख गर्दै आफूलाई जस्तै छिमेकीलाई प्रेम गर्नुपर्ने सन्देश दिनुभयो। कार्यक्रमको पहिलो सत्र आराधना संगति डिकन होमराज राईले सञ्चालन गर्नुभएको थियो भने ख्रीष्टमस विशेष कार्यक्रमको अगुवा हेमकुमार मगरले गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई सम्मान तथा उपहार…

Read More

–होमराज राई, हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन संसारभरि ख्रीष्टमस पर्व मनाइन्छ। यो पर्व केवल धार्मिक उत्सव मात्र नभई मानव इतिहाससँग गहिरो सम्बन्ध राख्ने एक महत्वपूर्ण घटना हो। यो पर्व येशू ख्रीष्टको जन्मसँग सम्बन्धित छ, र ख्रीष्टमसले येशू ख्रीष्टको जन्मलाई स्मरण गर्दै प्रेम, शान्ति, क्षमा र उद्धारको सन्देश दिन्छ। आधुनिक समाजमा ख्रीष्टमसलाई प्रायः सजावट, उपहार र उत्सवसँग जोडेर हेरिए पनि यसको वास्तविक अर्थ आध्यात्मिक र ऐतिहासिक दुवै दृष्टिले गहिरो छ। ख्रीष्टमस भनेको के हो ? ख्रीष्टमस ख्रीष्ट धर्मावलम्बीहरूको प्रमुख पर्व हो, जसले येशू ख्रीष्टको जन्मोत्सवलाई जनाउँछ। ‘ख्रीष्टमस’ शब्द ‘Christ’ (ख्रीष्ट) र ‘Mass’ (आराधना) बाट बनेको हो, जसको अर्थ ख्रीष्टको आराधना…

Read More

झापा । पूर्वी नाका काँकरभिट्टालगायतका क्षेत्रमा लागूऔषध तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएपछि सरोकारवालामा चिन्ता बढेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरानले लागूऔषध तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले लागूऔषध र अन्य अपराधिक गतिविधि बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले भने, “लागूऔषध र मानव बेचबिखन विरुद्धको अभियान प्रारम्भ त भएको छ, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी छ।” कार्यक्रममा प्रहरी निरीक्षक जस बहादुर लिम्बु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहभागी सरोकारवालाले…

Read More