काठमाडौं । तिहारपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन तिहारअघि २ लाख ५३ हजार ५०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकै प्रभाव नेपाली बजारमा देखिएको बताइन्छ । गत बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा ठूलो गिरावटसँगै घटेको थियो ।
Author: सन्देश पोस्ट
टोकियो। साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनले बहुमत हासिल गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्। ६४ वर्षीया ताकाइचीलाई जापानको “आइरन लेडी” भनेर चिनिन्छ। उनी दक्षिणपन्थी नेतृ हुन् र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन्। यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो। पछिल्लो पाँच वर्षमा एलडीपीले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथो पटक हो। ताकाइची एलडीपीको कट्टरपन्थी गुटसँग सम्बन्धित छिन् र पूर्व प्रधानमन्त्री शिन्जो आबेकी नजिककी मानिन्छिन्। उनी पहिले सरकारी मन्त्री, टेलिभिजन होस्ट, र हेभी मेटल ड्रमर समेत रहिसकेकी छिन् — जसले उनलाई जापानमा बहुआयामिक व्यक्तित्वको रूपमा चिनाएको छ। अमेरिकी…
काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार…
काठमाडौँ बाङ्लादेशमा विद्यार्थी आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको आरोपमा अभियोजनकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। आन्दोलन उत्कर्षमा पुगेपछि उनी सत्ता त्यागेर भारत शरण गएकी थिइन्। मानवताविरुद्ध अपराधको मुद्दा अहिले उनको अनुपस्थितिमै चलिरहेको छ। अदालतमा सार्वजनिक अडियो क्लिपमा हसिनाले आन्दोलनकारीहरूविरुद्ध “घातक हतियार प्रयोग गर्न निर्देशन दिएको” सुन्निन्छ। तर उनले सबै आरोप अस्वीकार गरेकी छन्। केही साताको हिंसात्मक आन्दोलनमा करिब १,४०० जनाको मृत्यु भएको थियो। हसिना करिब १५ वर्ष सत्तामा थिइन्। मुख्य अभियोजनकर्ता तजुल इस्लामले भने, “हसिनाको उद्देश्य स्थायी रूपमा सत्तामा बस्नु थियो। उनले क्रूरताका लागि कुनै पश्चात्ताप देखाइनन्।” हसिनासँगै पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र पूर्वप्रहरी प्रमुख…
काठमाडौँ। नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप एसिया र इस्ट प्यासिफिक छनोटमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो । सुपर सिक्समा नेपाल, ओमान र यूएई २ अंकसहित प्रवेश गरेका थिए । सुपर सिक्समा नेपालले यूएइ र कतारलाई पराजित गर्दै ६ अंक बनाउँदा समान खेलबाट ओमानको पनि ६ अंक बनाएको छ। ओमान रनरेटमा नेपाल भन्दा अगाडि छ । यूएई तेस्रो स्थानमा रहेकाे छ । नेपाल र ओमानबीचकाे खेल बुधबार राति पाैने ९ बजेदेखि शुरु हुने भएकाे हाे। अब नेपालले यो खेल जितेमा उपाधि यात्रालाई सहज हुने भएकाे छ ।
ईलाम — ईलाम जिल्ला माई नगरपालिका–७, ८ र २ का वडावासिलाई स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिम को संयुक्त सहयोगमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो। माई–७ का ८ घरपरिवारलाई जस्ता र केही कपडा,माई–८ का १९ घरपरिवारलाई कपडा र साबुन–टुथपेस्ट,र माई–२ का ५७ घरपरिवारलाई कपडा र साबुन वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्। क्यिक रेस्क्यु टिमका अध्यक्ष बिक्रम यक्तेन लिम्बूले आफ्नो मन्तव्यमा भने, “यो सरकार मेरो पनि हो, यो देश मेरो पनि हो, र यो समाज मेरो पनि हो। थोपा–थोपा मिलेर नदी बन्ने जस्तै सानो सहयोगले…
झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ। पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो, “म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।” “देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ” साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो।उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो। मेची पुलमा…
काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो । बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो । घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए । तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने कप्तान इन्दु बर्माले मात्र…
धादिङ । कारागार तोडफोडपछि फरार रहेका १३७ जना कैदीबन्दीलाई पनि धादिङ प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा पुर्याएको छ। प्रहरीले असोज १३ गतेदेखि १९ गतेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी तथ्यांकअनुसार पक्राउ परेकामध्ये ३४ जना इलाम, ३४ जना झापा, ३४ जना मोरङ र ३५ जना सुनसरी जिल्लाबाट पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये सबैलाई सम्बन्धित जिल्ला कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।
ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ।ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो। स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो। हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो। बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन बाँकी रहेको…