Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेकाे छ । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् : अध्यक्षमा छत्रबहादुर विश्वकर्मा, उपाध्यक्ष द्वय सरिता मेयाङ्बाे, पदम बहादुर शंकर , सचिवमा हिरा बहादुर राई, सहसचिव शान्ति गजमेर,सदस्यहरुमा ईन्द्र सिलवाल, एनम विश्वकर्मा, बुद्धिमान वि.क.,कमला राई (आङ्देम्बे), पदम बहादुर वि.क., राेजिना श्रेष्ठ,बिनिता विश्वकर्मा,देवकुमार लामिछाने, रन्जिता श्रेष्ठ बराईली,तिर्थमाया रामदाम,शारदा कालिकाेटे,खड्गमाया विश्वकर्मा र कैलाश कालिकाेटे रहेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन…

Read More

इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् । सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् । प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरेका थिए । जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् ।  समाचार अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर छ ।इमरान खानको…

Read More

१० मंसिर , मेचीनगर । लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि सहितको र्याली निकालेको छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ । ‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाकाे आयोजनामा प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय परपसरबाट शुरू भएको र्यालीले “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “हाम्रो आधार सुरक्षित, हाम्रो भविष्य…

Read More

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्। कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो।​​ 

Read More

८ मंसिर, बगदाद(इराक) । इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) का ५ जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ । गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिममा रहेको दुर्गम क्षेत्रमा आइएस लडाँकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ । इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा ५ जना ‘आतंककारी’को को शव फेला पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा चार राइफल, दुई विस्फोटक बेल्ट, ६ वटा ह्यान्ड ग्रेनेड, गोलाबारुदलगाएत सञ्चार उपकरणहरू पनि फेला पारेको उल्लेख गरेको…

Read More

झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ । प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ । रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटालाई भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी…

Read More

तरुण राई, ७ मंसिर, काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र…

Read More

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।

Read More

धादिङ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् । चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।

Read More

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

Read More