Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए । दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।…

Read More

काठमाडौँ । उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार यो हमला महिनौंमा भइरहेका हमलाहरुमध्ये सबैभन्दा घातक दिन साबित भएको छ । इजरायली र थाई अधिकारीहरूका अनुसार लेबनानको सिमानामा रहेको मेतुला सहर नजिकै रकेट प्रहार हुँदा एक इजरायली किसान र चार थाई खेत मजदुरको मृत्यु भएको थियो । त्यसपछि पछि, हाइफाको तटीय सहरको बाहिरी भागमा रहेको किबुट्ज अफेक नजिकैको जैतुनको ग्रोभमा भएको आक्रमणमा एक इजरायली महिला र उनको वयस्क छोराको पनि मृत्यु भएको थियो । हिजबुल्लाहले इजरायली सेनालाई हाइफाको उत्तरी भागमा र मेतुलाको विपरित लेबनानी सहर खियामको दक्षिणतर्फ क्रायोट क्षेत्रमा रकेट…

Read More

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज राती १२बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ…

Read More

काठमाडौँ ।  बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो । खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ ।  बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै…

Read More

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी  मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।

Read More

१३ कार्तिक, काँकरभिट्टा । भन्सार छलेर नेपालतर्फ आउँदै गरेको ठुलो परिमाणमा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभट्टामा पक्राउ परेका छन् । आज विहान ९ बजे काँकरभिट्टा भन्सार गेट पछाडिबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा सो कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएको अवस्थामा ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल , सुपर स्ट्रोङ बियर २४ बोतल बरामद गरेको हो । बरामद मदिराको अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई मेची भन्सार कार्यालयमा बुझाइएको…

Read More

काठमाडौँ। माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् । त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् । उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २०…

Read More

मेचीनगर । बेलबारीमा आयोजित सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुनजडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफी जितेको छ । निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे । सहलेस फुटबल क्लब सिरहाका लागि राम थापा, आदित्य शाक्य र विप्लव…

Read More

काठमाडौँ । नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समुह बी बाट श्रीलंका र माल्दिभ्स…

Read More

काठमाडौं । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ। निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोप लगाउने क्रम तीव्र रूपमा अघि बढेको छ। नोभेम्बर ५ मा हुने उक्त निर्वाचनमा कसले बाजी मार्छ अहिले नै भन्न कठिन देखिएको छ। अहिलेको निर्वाचनमा सहभागी भएका दुई राष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनान्ड ट्रम्पबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। मुख्य निर्वाचनको दिन आउन दुई हप्ता बाँकी भए पनि विश्वभर छरिएर रहेका अमेरिकी नागरिक र अमेकामा नै बसोवास गरिरहेका नागरिकमध्ये १ करोड ५० लाखभन्दा बढीले मतदान गरिसकेका छन्। आगामी चार वर्षका लागि हुने उक्त…

Read More