काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९:२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।
Author: सन्देश पोस्ट
झापा । बडादसैंको सातौँ दिन मंगलबार परम्पराअनुसार झापाको नकलबन्दा दुर्गा मन्दिरमा फुलपाती भित्र्याइएको छ । सप्तमीका दिन प्रत्येक वर्षजस्तै यस वर्ष पनि उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकसहितका नयाँ पालुवा विशेष विधिपूर्वक मन्दिरमा भित्र्याइएका हुन् । यी सबै सामग्री घटस्थापनाका दिन स्थापना गरिएको देवी दुर्गा भवानीको प्रतिमा रहेको दसैँघरमा अर्पण गरिएको छ । स्थानीय गुरुसहित पूजारी, नेपाल प्रहरी नकलबन्दा, सशस्त्र प्रहरी बलको बीओपी टोली र स्थानीय श्रद्धालुहरूको उपस्थितिमा हर्षोल्लासपूर्वक फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याएसँगै गाउँघरमा दशैंको विशेष चहलपहल सुरु भएको छ । यस दिन घरआँगन, चोक–चोक, पाटीपौवा र मठमन्दिर सफासुग्घर गर्ने चलन रहिआएको छ ।…
झापा । नेत्रहीन संघ झापाको १९औं साधारण सभा, बडादशैं शुभकामना आदानप्रदान तथा चियापान समारोह शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । संघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुखको नगेन्द्र प्रसाद संरौला प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेत्रहीन समुदायको हकहित, अधिकार र आगामी योजनासम्बन्धी विभिन्न विषयमा छलफल गरेका थिए , उपप्रमुख संरौला ले २० हजार नगद समेत सहयोग गरेकाथिय तेस्तै अन्या संगसंस्थाबाट पनि अफिसियली स्टेसनरि लगायत विभिन्न सामग्रि सहयोग प्रदान गरेका थिय सो अवसरमा बडादशैं तथा शुभदिपावलि र छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । साथै, संस्थाले अघिल्लो वर्ष गरेका गतिविधि…
२०८२ काे बडा दशैं ,शुभ-दिपावली तथा छठपर्वकाे शुभ-अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति , सु-स्वास्थ्य साथै दिर्घायुकाे हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
झापा । झापाको बिर्तामोडस्थित ईलाका प्रहरी कार्यालय जेन जि (Gen Z) को आन्दोलन र विद्रोहका कारण तहसनहस भएपछि हाल पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। स्थानिय बासिन्दा, बुद्धिजीवी तथा विभिन्न संघ–संस्था हरुको सक्रिय सहयोगमा कार्यालयको भौतिक संरचना पुनःनिर्माण भइरहेको हो। पुनर्निर्माण अन्तर्गत रंगरोगन, वाल जडान, छानो हाल्ने, बिजुली व्यवस्थापन लगायत सम्पूर्ण काम धमाधम चलिरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। सुरक्षा निकायका अधिकारीहरूले समुदायको सहयोग र एकताप्रति आभार व्यक्त गर्दै छिट्टै कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्। स्थानीय बासिन्दाले समेत शान्ति, सुरक्षा र स्थायित्वका लागि प्रहरी कार्यालयको पुनःस्थापना अपरिहार्य रहेको धारणा राखेका छन्।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भने। संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिएका छन्…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् । मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’ केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए । उनको निर्देशन बमोजिम मंगलबार नै मन्त्रालयभित्र भान्सा र सयन कक्ष तयार पारिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा…
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको…
मेचीनगर (झापा)।मेची इलाका इसाई समाजले घुम्ते संगति सकेर पहिलो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले पुराना समितिहरू विघटन गरी नयाँ आमा दिदीबहिनी, जवान र बाल संगति समिति गठन गरेको हो । आमा दिदीबहिनी समितिको अध्यक्षमा दिलु मुखिया, उपाध्यक्षमा मनिला रसाइली, सचिवमा सृजना राई, सह–सचिवमा मिना राजवंशी, कोषाध्यक्षमा गीता कार्कीढाेली र सदस्यमा टीका राई तथा बन्दना तामाङ चयन भएका छन् । जवान संगति समितिमा अध्यक्ष किशोर देवान, उपाध्यक्ष जोसेफ मलाह, सचिव इनिमा गहतराज, कोषाध्यक्ष अमित दाहाल र सदस्य बिनय बिक जिम्मेवारीमा पुगेका छन् । बाल संगति समितिको नेतृत्व जेस्लिन गजमेरले गर्ने भएकी छन् । सचिव जेनिका सिन्चुरी, कोषाध्यक्ष मेरी मर्डी र…
झापा ।बिर्तामोड–३ स्थित बिराटपोखरीमा यस वर्षको दुर्गा पूजाको भव्य आयोजना हुने भएको छ । बिराटपोखर सरोबर बहुद्देश्य संस्था र स्थानिय बासिन्दाको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष आकास उप्रेती र सचिब जगन्नाथ भट्टराईका अनुसार पूजा स्थल सजावट, मण्डप निर्माण, देवी प्रतिमाको स्थापना तथा धार्मिक कार्यक्रमका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा छन् । भोलिदेखि दुर्गा पूजा औपचारिक रूपमा सुरु हुने र विजयादशमीसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानिय समुदायको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस दुर्गा पूजाले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सद्भाव बढाउने…