१६ आश्विन , काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो । सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।
Author: सन्देश पोस्ट
काठमाडौं । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ । अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो । सो सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरी रहको छ । सेल पर्यटक प्रहरी र सेल आफ्नै को हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ । सेलले वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लागायतका जानकारी उपलब्ध रहेको छ । यसै…
– होमराज राई, १४ आश्विन, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जैतुन छाँया सिजन ३ एपिसोड २ सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद कार्यक्रम गरेको छ । गत असोज ३ गते पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा भब्य दर्शकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै आयोजक समितिले धन्यबाद ज्ञापन गरेको हो । जेतुन छाँया सिजन ३, एपिसाेड २ सफलताको धन्यवाद कार्यक्रमका प्रमुख बक्ता पास्टर नामूएल राईले बुद्धिमानहरु, पैसावालहरु र दर्शन देख्नेहरु आउछन् , तर सबै कुरा छाेडाेर दर्शन लिएर…
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत,…
काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा…
१२ असोज, विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।
एजेन्सी। एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ ।प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो”, उनले भने ।माथुरका अनुसार…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको वर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन तथा आफ्नो पार्टीका कार्यकर्तालाई सतर्क रहँदै जनसेवामा जुट्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले लगातारको भारी वर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको भन्दै पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेका छन् । उनले भनेका छन्- राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका…
विराटनगर । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ । बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…