मेचीनगर । समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे चयन भएका छन् । शनिबार सम्पन्न पाँचौँ महाधिवेशनबाट १५ सदस्यीय समितिको उपाध्यक्षमा गङ्गाप्रसाद संग्रौला, सचिवमा अनिस काफ्ले, उपसचिवमा सृजना कट्टेल र कोषाध्यक्षमा निलादेवि भट्टराई चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा विश्व बिजय घिमिरे, कमल पोख्रेल, दुर्गाबहादुर खड्का, नगेन्द्र कुमार म्याङ्बो, मिना गिरी, रितादेवी नेपाल, गोपाल तामाङ, विष्णु श्रेष्ठ, खगेन्द्रकुमार नौपाने, नवराज भट्टराई चयन भएको निर्वाचन अधिकृत अजय घिमिरेले जानकारी दिए । अध्यक्ष धर्मराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मणि उप्रेती, राम…
Author: सन्देश पोस्ट
काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।
झापा । जैतुन छाँया लाइभ कन्सर्ट `सिजन-३ एपिसाेड-२´ पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एडिटिएसले आफ्नो प्रस्तुति दिइएका थिए । भब्य उपस्थितिमा आयोजना बिर्तामोड नगर ईसाई जवान संगतीले गरेका थिए । ब्याण्डका प्रमुख व्यक्तित्व तथा कार्यक्रमको मुख्य आकर्षक गायक एड्रिन देवानले आजको जेनेरेशनले ख्रीष्टको मूल्य घटाएर संसारको मूल्य बढाएको छ त्यसैले यो एडिटिएस ब्याण्डको मुख्य उद्देश्य भनेको नै आजको नयाँ जेनेरेशनहरूले ख्रीष्टको मूल्य बढाउनु पर्ने जस्ता अवधारणा ब्यक्त गरेका थिए । कन्सर्टमा सो ब्याण्डले ख्रीष्टिय भजन प्रभुजी अर्जी मेरो सुनिलेऊ लौ है चढाएँ, भन्ने भजनबाट आफ्नो सांगीतिक प्रस्तुति शुरु गर्दै…
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माको अनुसार सर्लाहीमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले गाली बेइज्जती मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । त्यसैगरी प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ छ । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।
झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ ।भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ । नेपालका विभिन्न…
मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गर्नु भएको छ । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल हुुनु भएको हो । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले सेतोपत्रलाई बताउनु भयो । २७ बर्षे युवा दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको वहाँले बताउनु भयो । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गर्नु भएका दाहाल असोज १ गते शिखरमा पुग्न सफल…
बिर बहादुर तामाङ, झापा । झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन तालिम सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित तालिममा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला भरिबाट करिब ८० जना पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो । सुसमाचारीया चेलापन तालिमको सहजकर्ताका रुपमा काठमाडौं होसन्ना मण्डलीका वरिष्ठ पास्टर राजु सुन्दास रहनु भएको थियो। उक्त तालिममा सुसमाचार के हो, सुसमाचार किन गर्ने ? भन्ने विषयको औचित्य प्रष्ट्याउनु भयो। सु समाचार समयमा पुग्यो भने मात्र असल खबर हुन्छ। सुसमाचार असल खबर हुनुको कारण परमेश्वरबाट आएको सन्देश हो।यसैले अब सबै जनाले सुसमाचार सुनाउनु आत्मा जित्नु,मेघा चर्चको अवधारण…
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए । आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शिर्ष नेताको यस बैठकमा उपसभामुखको विषयमा पनि छलफल हुन बुझिएको छ ।