काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।
Author: सन्देश पोस्ट
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद तथा पर्यटन गेट बनाउने कार्यमा भ्रष्टाचार भएको भन्दै दुईवटा अलगअलग मुद्दा आइतबार विशेष अदालतमा दायर गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा सोलार बत्ती जडान र २०७५/०७६ मा पर्यटन गेट बनाउने कार्यमा रकम हिनामिना गरिएको भन्दै मुद्दा दायर गरिएको हो। सोलार बत्ती जडानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहसहित ९ जनालाई प्रतिवादी बनाइएको छ भने पर्यटन गेट बनाउने कार्यको मुद्दामा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सोही गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्दा योजनाअनुसार काम नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको…
झापा, २३ भदौ । एक हप्ताअघि दमकमा गाई काटेर मारेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेमबहादुर विष्ट, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने बस्ने वर्ष ३८ का खगेन्द्र दुलाल, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए२–१२० बस्ने वर्ष ३२…
काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ । पछिल्लो समय थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रण टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता…
झापा । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्यो। खेलमा अग्रता भने बागमती युथ क्लबले लियो। बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। २९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। ५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन्। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए। “कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्। ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन्। “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट कामको खोजीमा…
काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ । अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ । अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास हो ।’…
१९ भदौ, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने…