पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लजादै गर्दा बाटोमै मृत्यु भएको हो। विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ। त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।…
Author: सन्देश पोस्ट
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याबिनेटबाट निर्णय गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको…
भद्रपुर । लागुऔषधलाई प्लास्टिकले पोका बनाएर मलद्वारमा लुकाएर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले भद्रपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ। लुकाइछिपाई ल्याउँदै भद्रपुरको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलमा अस्थायी प्रहरी बिट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको मलद्वारबाट १३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्य विनायक नगरपालिका -३ बस्ने २८ वर्षीय सन्दीप…
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारतसँग गत संस्करणको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै बंगलादेश जारी यु–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ बंगलादेशले ४–३ ले खेल आफ्नो पक्षमा पार्यो। त्यसअघि खेलको पहिलो हाफमा लेफ्ट साइडबाट विंगर हुसेन राहुलले दोस्रो बार च्याप्दै गरेको प्रहार भारतका गोलरक्षक प्रयांशु दुबेले ड्राइभ गर्दै बचाए पनि सिक्स यार्ड बक्सभित्र रहेका असदुल मोल्लाले उक्त बललाई ‘वान टच’ फिनिस गर्दै जाली चुमाए। तर, दोस्रो हाफको अन्तिम समयमा भारत खेलमा फर्कियो। उसका…
१० भदौ, काठमाडौं । एकीकृत समाजवादीले पदाधिकारीको चुनावी तालिका सार्वजनिक गरेको छ । दशौं महाधिवेशनपछि आइतबार पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकको एउटा एजेण्डा १८ जना पदाधिकारी तयन पनि छ । बैठकको सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर अध्यक्ष माधवकुमार नेपाल चुनावको पक्षमा देखिए । सोमबार उनले सहमति नजुटे चुनाव हुने जानकारी दिए । निर्वाचन आयोगले सोमबार नै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । यसअनुसार भोलि मंगलबार विहान उम्मेदवारी दर्ताको समय तोकिएको छ । १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २ देखि ५ बजेसम्म मतदान हुनेछ…
१० भदौ, काठमाडौं । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २३ जनाको हत्या गरेका छन् । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् । ‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’ यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन गरेर…
८ भदौ, मेचीनगर । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्ष पदमा हेमा सिटौला सर्वसम्मत चयन भएकी छन् । आज काँकरभिट्टाको मेची सामुदायिक हलमा अनेम संघ मेचीनगर कमिटीको दोस्रो नगर सम्मेलनले सिटौलालाई अध्यक्ष पदमा चयन गरेको हो । उनी यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिइन् । अध्यक्ष सिटौला काँकरभिट्टा निवासी हुन् । पार्टीभित्र उनी एक असल र इमानदार कार्यकर्ताको रुपमा परिचित छिन् । नगर सम्मेलनले सिटौलाको अध्यक्षतामा ४५ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी, कोषाध्यक्ष पदमा कविता खनाल मिजारसहित ४५ जना सदस्य चयन भएको निर्वाचन समिति…
८ भदौं, झापा । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका छन्। प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको २ बर्षको कार्यकाल पूरा गरी सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका हुन् । आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आएका लुइँटेललाई झापा जिल्ला अदालतले स्वागत गरेको छ। झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो। अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा…
७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे । प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ । उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले शुभकामना मन्तव्य…
७ भदौ, बिर्तामोड । बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-६, महानन्द चौक निवासी प्रसाई बिर्तामोड-१ का नरेन्द्र मैनालीकाे घरमा विहान झुन्डिएको अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले प्रसाईं मैनालीकाे घरकाे सिलिङ फेनकाे हुकमा झुन्डिएको अवस्थामा फेला परेकाे जानकारी दिए । मैनाली भने केही समयदेखि काठमाडौँ बस्दै आएका छन् । प्रसाईं मैनालीको घरको दोस्रो तलाकाे अफसि काेठामा झुण्डिएका छन् । डीएसपी चन्दका अनुसार अनुसन्धान भइरहेकाे छ । पाेष्टमाटर्म रिपोर्ट आएपछि थाहा हुने छ । बीएण्डसी अस्पतालका संस्थापक शेयर सदस्य रहेका थिए । मृतक प्रसाईले यसअघि…