काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
Author: सन्देश पोस्ट
झापा, ६ भदौ । झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो । सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ । मेचीनगरभरिका ४० वर्ष भन्दा माथि उमेर समूह र नसर्ने रोगको जोखिम भएका नगरबासीको मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको जाँच तथा खोजपड्ताल गर्दै भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमतालाई न्यूनीकरण गर्नका लागि…
काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा समीर तामाङ र नीराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए । यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ । समूह बी बाट भारतर…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच बर्षे हदम्याद आफूहरूलाई मान्य नहुने स्पष्ट गरेका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरूलाई मान्य नहुने बताएका हुन् । लामिछानेले अहिले देशका युवाहरुले आफूलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुसी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन् । यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ ।
झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। त्यसैगरी आज…
काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल गर्यो ।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको बताएका छन् । बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् । समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ । समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति थापाले बताएका छन् ।
सुरुङा । झापामा घरेलु हतियार खुकुरी प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन्। शिवसताक्षी नगरपालिका-८ स्थित निपत्रिया निवासी ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाँटीमा खुकुरी प्रहार गर्दा रञ्जनाको मंगलबार साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुबीच घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोली ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।
काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको…
कोलम्बस। राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो – नेपालीत्वको । गत शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे । ‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन,उनले भने, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज आँसु थाम्न…