काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन गरेका कारण पार्टी विभाजन भयो तर देश बचेकाे बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि हतियार व्यवस्थापन निकै जटिल रहेको बताएका हुन् । प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे । ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’ उनका अनुसार पुर्णबहादुर…
Author: सन्देश पोस्ट
विराटनगर । बङ्गलादेशमा हिंसा चर्किएपछि भारत हुँदै नेपाल प्रवेश गर्न खोज्ने तीन जना बङ्गलादेशीलाई विराटनगरस्थित रानी नाकाबाट फर्काइएको छ । मंगलबार मध्यान्ह २ जना र केही दिनअघि एक गरी तीन जनालाई रानी नाकाबाट फर्काइएको हो। उनीहरूलाई प्रहरीले नाकामै रोकेर भारततर्फ फर्काइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवर खापुङले भारतको जोगवनी हुँदै मंगलबार रानी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिरै फिर्ता पठाइएको हो । उनीहरू परिवारकै आफन्त भएको बुझिएको पनि खापुङले बताए । त्यसैगरी एक साताअघि पनि जोगवनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्न प्रयास…
सुनसरी । सुनसरी प्रहरीले हवाई फायर गरी भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो धरानबाट प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको जनाएको छ । धरान १५ स्थित श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार कारलाई रोक्ने प्रयास गर्दा तीव्र गतिमा अघि बढेको र पछ्याउँदै जाँदा करिब ३५ मिटरपर कार छाडी…
काडमाण्डौ । संयुक्त राज्य अमेरिकामा ३०० भन्दा बढी इसाई अगुवाहरुले भारतमा भएको धार्मिक उत्पडीन रोक्नुपर्ने माग गर्दै अमेरेकी सरकारलाई पत्र लेखेका छन् । भारतमा अल्पसंख्यक धार्मिक समुदायमाप्रतिको विभेद, जातिय विभेद लगायत धार्मिक हिंसा बढ्दै गएकोले यस्तो क्रियाकलाप रोक्न र यस्तो हिंसा सुरु गर्नेहरुलाई कार्बाही गर्न समेत माग गरिएको छ । सन् २०१४ बाट प्रधान्त्री नरेन्द्र मोदीको कार्यकालमा भारतमा सबै भन्दा बढी धार्मिक विभेद र हिंसा भएको अगुवाहरुले पत्रमा उल्लेख गरेका छन् । विभिन्न सम्प्रदायको तीन सयम भन्दा बढी अगुवाहरुले अमेरिकी विदेश विभागलाई विशेष गरी ईसाईहरू विरुद्ध धार्मिक स्वतन्त्रताको बढ्दो उल्लङ्घनको बीचमा भारतलाई “विशेष चिन्ताको देश“ को रूपमा तोक्न आह्वान गरेका…
बिराटनगर – युवा कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह “हावामा अल्झिएको स्वर” सार्वजनिक भएको छ। मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृति लोकार्पण गर्नुभयो। बुकमार्क सहित ५३ कविता समावेश गरिएको यस सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गर्नुभयो। समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको र प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण रहेको टिप्पणी गर्नुभयो। ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो कितावको मूल्य ४०५ रूपैयाँ छ । कवि श्रेष्ठलाई अत्यन्त सिल्प र विशिष्ट प्रेमका कविता लेख्ने कविका रूपमा चिनिन्छ। उनका कवितामा झट्ट पढ्दा बुझ्न…
भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले एक नयाँ फिचरमा काम गरिरहेको छ, जसको नाम हो स्लीप टाइमर । हाल युट्युबका बीटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको यो फिचरले युट्युबमा चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द गराउँछ । समाचार अनुसार युट्युबको स्लीप टाइमर फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरिनेछ । यो फिचरमा एआईको प्रयोग हुनेछ । युट्युबले एउटा अर्को फिचरमा पनि काम गरिरहेको छ । जसबाट युट्युबका सामग्री सर्जकहरुले एआई प्लाटफर्म जेमिनीबाट भिडियो आउटलाइन तयार पार्न सक्नेछन् । यसका साथै जेमिनीको सहयोगबाट युट्युब भिडियोको विषयवस्तुको बारेमा अवधारणा र थम्बनेलका लागि समेत सुझाव प्राप्त गर्न सकिनेछ । युट्युबले नयाँ स्लीप टाइमर फिचरका…
झापा, २७ साउन । अर्जुनधारा नगरपालिका क्षेत्रबाट एउटा भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना युवाहरु पक्राउ परेका छन् । शनिबार राति प्रहरी चौकी शनिश्चरेको टोलीले अर्जुनधारा–४ स्थित देवान चोकबाट भरुवा बन्दुक र चोरीका सामानसहित पक्राउ पर्नेमा वर्ष २२ को छिरिङ तामाङ, वर्ष १९ को आदित्य लिम्बु र वर्ष २१ को निखिल तामाङ रहेका छन् । पक्राउ परेका छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा एउटा भरुवा बन्दुक समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । छिरिङ तामाङको साथबाट चाँदीको औठी–२ थान, चाँदीको पाउजु–२ थान, चाँदीको सिक्री–१ थन र एनसेल कम्पनीको रु.५० दरको…
काठमाडौं । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बंगलादेशका प्रधानन्यायाधीश नियुक्त भएका छन् ।विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामा मागेका थिए । हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । ढाकाको अखबार द डेली स्टारका अनुसार, नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरु सहभागी थिए । योसँगै अहमद बंगलादेशको २५ औं प्रधानन्यायाधीश बनेका छन् । तत्कालीन…
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारले घिसिङलाई हटाउने षड्यन्त्र सुरु गरेको भन्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा केही युवाहरूलाई प्रहरीले पक्राउ समेत गरेको छ। सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीले बताएका छन्। डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल बक्यौता विवादका कारण अहिले सरकार र प्राधिकरणबीच दूरी बढेको छ।
एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६२ जनाको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५८ जना यात्रु गरी ६२ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासिय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ । प्रहरी र दमकलले दुर्घटनास्थलमा…