तरुण राई,२५ श्रावन २०८१, मेचीनगर । एक्का नेपालद्धारा बाल क्लबलाई क्षमता अभिबृद्वि तालिम सम्पन्न भएको छ । मेचीनगर नगरपालिका ९, धुलाबारी अवस्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको भवनमा विद्यालयमा रहेको बाल क्लबलाई ५ दिने क्षमता अभिवृद्धि तालिम दिएका हुन् । २१ श्रवण देखि २५ श्रवण सम्म संचालन भएको ५ दिने क्षमता अभिवृद्धि तालिममा एक्का नेपाल सम्बन्धित झापाका ५ समुदाय विद्यालयका साथै १ निजी विद्यालय गरी जम्मा ६ विद्यालयबाट ३ जना विद्यालय बाल क्लबका विद्यार्थी प्रतिनिधि र १ जना संरक्षक शिक्षक गरी जम्म ४ जना सहभागी भएका थिए। सो क्षमाता अभिवृद्धि तालिममा एक्का नेपालको कार्यक्रम अधिकृत अस्मिता राई, काउन्सेलरहरु प्रियंका…
Author: सन्देश पोस्ट
मेचीनगर, २५ साउन ।भर्खरै झापा जिल्लामा भूकम्प गएको छ । आज विहान ७ वजेर १२ मिनेटको समयमा केहि सेकेन्ड भूकम्पको महसुस गरिएको हो । गुगल म्यापका अनुसार भारत सिक्किमको नाम्चीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाल, भारत, भुटान र चाइनामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आधिकारिक जानाकरी भने दिइसकेको छैन ।
– होमराज राई, मेचीनगर । विर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा जैतुन छाँया (सिजन–३ एपिसोड–२ ) विर्तामोडमा रहेको कृष्ण हलमा हुने भएका थिए तर विविध कारणबस पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा हुने आयोजक टिमले जनाएको छ। यहि असोज ३ गते गरिने जैतुन छाँया सिजन–३ एपिसोड–२ हुन लागेको समाजका सल्लाहकार पास्टर जोएल भुजेलले जानकारी दिएका छन । सो कार्यक्रमका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा था राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन । जसमा गायन, जीवन गवाही र बाइबलीय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ। कार्यक्रममा उठेको टिकटको रकम, स्पोनसरको रकम, सहयोगको रकम,…
मेचिनगर / मङ्गोल नेशनल अर्गनाइजेसन मेचीनगरले ३० औं विश्व मुलवासी दिवस मनाउने भएको छ।२५ गते शुक्रवार मनाउने उक्त दिवस कार्यक्रममा मङ्गोल नेशनल आर्गनाइजेसनका प्रेसिडेन्ट बुद्वलाल मेचेको आतिथ्य रहने छ। एमएनओ का केन्द्रीय मुल सचिव सन्तोष गोलेको जानकारी अनुसार भोलि हुने उक्त ३०औं विश्व मुलवासी कार्यक्रममा मेचीनगरका भने भब्य उपस्थित रहने लगायत साथै उक्त कार्यक्रम ताप्लेजुङ ,इलाम,ओखलढुंगा ,उदयपुर ,महोत्तरी ,सर्लाही ,मोरङ, सुनसरी, लम्जुङ, तनहु, गोर्खा , कास्की , पल्पा, रोल्पा, रुपन्देही, बर्दिया ,विभिन्न जिल्ला देशभरी हुनेभएको छ। मेचीनगर ३ मङ्गोल रिसर्च सभाहलमा हुने ३०औं विश्व दिवसमा सभ्यभब्यताको भेला हुने बताउनु भएको छ।
काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएकाे छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएकाे हाे । प्रहरीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । हेलिकप्टर खोल्सामा दुर्घटना हुँदा शव निकाल्न गाह्रो भइरहेको छ । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । घटनाको खबर पाउनासाथ खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो । घटनाबारे थप विवरण आउने क्रम…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जाने भएका छन्। प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको छ। नेपाल र भारतबीचको फाइनल खेल दशरथ रङ्गशालाको कभर्डहलमा बुधबार साँझ पाँच बजे सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ। यस अघि समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । नेपाल र भारतबीचको फाइनल खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ।
काठमाडौं । बङ्गलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन्। बङ्गलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्। ७८ वर्षीय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन्। यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बङ्गलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ। आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन्। यूनुसले बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।…
काठमाडौं । आरक्षणको विरोधमा विद्यार्थीले देशव्यापी आन्दोलन चर्काएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पलायन भएकी छन्। प्रधानमन्त्रीको सरकारी निवासबाट सैनिक हेलिकोप्टर चढेर भारतको कोलकाता पलायन भएकी शेख त्यहाँ पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेपछि राजधानी नयाँदिल्लीतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री शेख भागेर भारत पुगेपछि बंगालादेशका सेना प्रमुख जनरल वकार उज जमानले देश संकटतर्फ धकेलिएको र मुलुकलाई बचाइराख्न आफ्नो नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने घोषणा गर्नुभएको छ। उहाँले आन्दोलनरत विपक्षी मोर्चासँग वार्तासमेत गर्नुभएको छ। उहाँले राष्ट्रपति मेहम्मद शहाबुद्दिनसँग भेटसमेत गर्नुभएको छ। बंगलादेशका संस्थापक बांगाबन्धु शिख मुजिबुर रहमानकी छोरी शेख विगत १६ वर्षदेखि एकछत्र रूपमा शासन…
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री कँडेलले पेस गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ । बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा…