Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् । मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’ केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए । उनको निर्देशन बमोजिम मंगलबार नै मन्त्रालयभित्र भान्सा र सयन कक्ष तयार पारिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा…

Read More

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको…

Read More

मेचीनगर (झापा)।मेची इलाका इसाई समाजले घुम्ते संगति सकेर पहिलो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले पुराना समितिहरू विघटन गरी नयाँ आमा दिदीबहिनी, जवान र बाल संगति समिति गठन गरेको हो । आमा दिदीबहिनी समितिको अध्यक्षमा दिलु मुखिया, उपाध्यक्षमा मनिला रसाइली, सचिवमा सृजना राई, सह–सचिवमा मिना राजवंशी, कोषाध्यक्षमा गीता कार्कीढाेली र सदस्यमा टीका राई तथा बन्दना तामाङ चयन भएका छन् । जवान संगति समितिमा अध्यक्ष किशोर देवान, उपाध्यक्ष जोसेफ मलाह, सचिव इनिमा गहतराज, कोषाध्यक्ष अमित दाहाल र सदस्य बिनय बिक जिम्मेवारीमा पुगेका छन् । बाल संगति समितिको नेतृत्व जेस्लिन गजमेरले गर्ने भएकी छन् । सचिव जेनिका सिन्चुरी, कोषाध्यक्ष मेरी मर्डी र…

Read More

झापा ।बिर्तामोड–३ स्थित बिराटपोखरीमा यस वर्षको दुर्गा पूजाको भव्य आयोजना हुने भएको छ । बिराटपोखर सरोबर बहुद्देश्य संस्था र स्थानिय बासिन्दाको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष आकास उप्रेती र सचिब जगन्नाथ भट्टराईका अनुसार पूजा स्थल सजावट, मण्डप निर्माण, देवी प्रतिमाको स्थापना तथा धार्मिक कार्यक्रमका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा छन् । भोलिदेखि दुर्गा पूजा औपचारिक रूपमा सुरु हुने र विजयादशमीसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानिय समुदायको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस दुर्गा पूजाले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सद्भाव बढाउने…

Read More

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–५ मा रहेको नकलबन्दा साकोसको ४ ओटा एकाईगत साधारणसभापछि शुक्रबार नकलबन्दा समाज विकास समितिको सभाहलमा अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर ५ का वडा सदस्य तथा संस्थाकी उपाध्यक्ष माया प्याकुरेल, पूर्व अध्यक्ष मेघराज गेलाल, विष्णुप्रसाद चम्लागाई, लेखा समिति संयोजक टेकबहादुर धिमाल, कर्जा उपसमिति संयोजक इन्द्रबहादुर तामाङलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाकी उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको…

Read More

काठमाडौँ। नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्न लागेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । कार्की शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् ।

Read More

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।

Read More

झापा । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाभन्दा बढीको ज्यान गएपछि विभिन्न शैक्षिक संघ संस्थाहरुले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् । एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, काठमाडौं तथा ललितपुर महानगर र जिल्लाले पनि विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

Read More

झापा । जेनजी युवा पुस्ताले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका छन् । साँझ मुक्ति चोकमा भेला भएको समूहले ट्राफिक प्रहरी कार्यालयमा आगनाी गरेको हो । सो क्रममा प्रहरीले दर्जनौ राउण्ड गोली प्रहार गरेको छ । घटनाको थप विवरण आउन वाँकी छ । सो मसूहले दिउसो झापाको दमक र बिर्तामोडमा सो समूहले आन्दोलन चर्काएको थियो । सो क्रममा दमकमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्ति घाइते भएका छन् । कमल गाउँपालिका ५ निवासी प्रकाश भट्टराई लाई प्रहरीले चलाएको रवरको गोली लागेको हो । उनलाई तीघ्रामा गोली लागेको छ । आन्दोलनमा उत्रिएका जेनजी समूहले दमक नगरमा रहेका…

Read More