काठमाडौं । बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएको छ । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रूप लिएपछि शनिबार त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा केही पसलहरूमा लुटपाट भएको छ । कतिपय स्थानमा प्रदर्शनकारीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेका छन् । सबै प्रदर्शन हिंसात्मक नरहे पनि केही स्थानमा आन्दोलनले हिंसात्मक रूप लिएको हो ।
Author: सन्देश पोस्ट
झापा । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आईतवार ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। आज दिउँसो ४ः०४ मिनेटमा भूकम्प गएको थियो । यसअघि ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौँ। आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् । पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन्।
काठमाडौँ । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित मानिएको छ । डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूले अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न मतदान गर्न सक्नेछन् । यसपछि नतिजा सार्वजनिक हुनेछ । कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्रेटका ४ हजार प्रतिनिधि मध्ये १९७६ मत चाहिन्छ । वासिङ्टन पोस्टको रिपोर्टका अनुसार उनले यो आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ । अगस्त ६ मा मतदान सकिएपछि कमलाले उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम पनि घोषणा गर्न सक्नेछन् । त्यसपछि दुवै नेताले अमेरिकामा नयाँ चुनावी अभियान सुरु गर्नेछन् ।…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । गत वैशाख १४ देखि २६ गतेसम्म चलेको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। स्रोतका अनुसार आज मध्यान्ह १२ बजेतिर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। यस पटक कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६ सय परीक्षार्थी सहभागी छन् । बोर्डले गत वर्ष साउन ३० गते कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको थियो।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानललाई कारबाही गरेको छ । काउन्सिलले सञ्चालक (व्यक्ति/कम्पनी)लाई कारबाही गरेको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता/सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी…
झापा । झापा शिवसताक्षीका एक जना दिवङ्गत बुवाको १३ दिने किरियामा बसेकै समयमा निधन भएको छ ।शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै अवस्थामा निधन भएको हो । काजक्रिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो । सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।
काठमाडौं। अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ४३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३५ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा ९ जना,…
काठमाडौँ। सामाजिक सञ्जालमा आफूलाई धार्मिक अभियान्ता तथा ज्योतिषी भनेर चिनाउँदै आएका पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरुको तस्बिर राखेर एक धार्मिक अनुष्ठान गरिरहेका बेला काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई उनको निवासबाट पक्राउ गरेको हो। पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफू पक्राउ परेको सूचना दिएका छन्। प्रहरीले आपत्तिजनक तरिकाले पूजापाठ गरिरहेको भेटाएपछि पक्राउ गरेको जनाएको छ। चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए। त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका हुन्। उनले देशमा नेताहरुका कारण अत्ति…