Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

कास्की। पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो। बस सडकबाट झन्डै ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए। घाइते विद्यार्थीलाई उपचारका लागि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ । इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली…

Read More

काठमाडौँ। पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ । यसअघि विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

Read More

प्रदीप मेन्याङ्बो, धरान । बेलायतका तत्कालीन युवराज चार्ल्स घुम्दै आउँदा चढेको शैलुङ डाँडा करिब ४० वर्षसम्म ‘चार्ल्स भ्यूपोइन्ट’ को नामले चिनिएको थियो । तर अब यो नाम शुक्रबारदेखि फेरिएर ’भेडेटार स्काइवाक टावर’ भएको छ । स्काइवाक टावरमा मानिस हिँड्नका लागि सीसा प्रयोग गरिएको छ । बेलायती सहयोगमा धरान–धनकुटा राजमार्ग निर्माण हुँदै गर्दा करिब ४३ वर्षअघि भेडेटारको रमणीय शैलुङ डाँडा चढेर बेलायती प्रिन्स चार्ल्सले धरान र धनकुटा बजारलाई एकसाथ अवलोकन गरेका थिए । सोही डाँडामा कोशी प्रदेश लागनी प्राधिकरण, साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिको संयुक्त समन्वयमा वोण्डर्स अम्युजमेन्ट पार्कस् एण्ड अट्राक्सन प्रालिले १८.५ मिटर अग्लो स्काइवाक टावर बनाएको हो । पूर्वको…

Read More

चितवन । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा झरेको पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बसको खोजीमा प्रयोग गरिएको चुम्बक नै हराएको छ । भारतीय उद्दार टोलीले सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजीमा प्रयोग गरिएको १९ केजीको चुम्बक नै बगेर बेपत्ता भएको हो । शनिबार दिउँसो खोजीका क्रममा १९ केजीको चारपाटे चुम्बक त्रिशूलीले बगाइदिएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । चुम्बक खोज्न देवघाटसम्म पुगे पनि भेट्टाउन सकेनन। उक्त १९ केजीको चुम्बकसहित लाइफ ब्वाई ट्युबसमेत त्रिशूलीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेका बेला उद्दारमा प्रयोग गरिन्छ । एक साताअघिदेखि भारतीय टोलीले त्रिशूलीमा डुबेका बस खोजिरहेको छ…

Read More

तरुण राई१२ श्रवण,धुलाबारी । एक्का नेपालका धुलाबारी काउन्सेलरको आयोजनामा प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । एक्का नेपालको आयोजना र रेडक्रस सोसाईटी, मेचीनगर उपशाखाको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम नेपाल रेडक्रस सोसाईटी, मेचीनगर उपशाखाको सभाहलमा सम्पन्न भएको थियो। अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विसिका श्रेष्ठद्धारा प्राथमिक उपचारको महत्व र आवश्यकता, जलनका प्रकारहरु लगायत तत्काल गरिने प्राथमिक उपचार सम्बन्धि महत्वपूर्र्ण जानकारी दिनु साथै प्राथमिक उपचार प्रयोगात्मक गरेर देखाउनु भएको थियो। नेपाल रेड क्रस सोसाईटी, मेचीनगर उपशाखाका अध्यक्ष रमेश दाहालले एक्का नेपाललाई धन्यवाद दिनुको साथै रेड क्रसको इतिहास र रेड क्रस संस्था गठन गर्न किन आवश्कता पर्यो भन्ने विषयमा प्रकाश पार्नु भएको…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला–२६ ले अब मुद्दा नलड्ने भएकी छन् । क्रिकेटर सन्दीपलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन् ।उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्तालाई निवेदन दिँदै उनले पुनरावेदनलाई अगाडि नबढाउन आग्रह गरेकी छन् । शुक्रबार उच्च सरकारी वकिल कार्यालय पुगेर उनले पुनरावेदनमा नजाने निवेदन दिएकी छन् । निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए । लामो समयदेखि त्रासपूर्ण जीवन बाँच्दै आएको छु । यस मुद्दाले पार्ने दूरगामी असरको…

Read More

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार माओवादी केन्द्रका तिन मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्री रहेका थिए । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेका थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए ।…

Read More

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् । साथै सरकारले आगामी…

Read More

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

Read More