काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
Author: सन्देश पोस्ट
एजेन्सी। उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । “पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए । “टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ”, प्रहरी…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । आज प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए
काठमाडौं । प्रचण्डलाई एकीकृत समाजवादीका सांसद चौधरीको सुझाव– ‘कांग्रेस सभापतिसँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला’ एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अबको चार महिनामा फेरि प्रधानमन्त्री प्रचण्डकै अनुकूलतामा परिस्थिति पुग्ने जिकिर गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बोल्दै चौधरीले भने, ‘अबको चार महिनामा फेरि तपाईंकै अनुकूलतामा परिस्थिति पुग्नेछ। त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला।’ उनले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै मान्छे चिन्न नसक्दा अहिलेको अवस्था आएको भन्दै अहिलेको अवस्था आउनुमा कांग्रेस सभापतिलाई दोष नदिन पनि आग्रह गरे। ‘आज परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल त…
असार २८, काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् । उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउँदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए । लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउँदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको…
(रासस) असार २७, विराटनगर । दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ। प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै कोशी विजयी भएको हो। कोशीले पहिलो, दोस्रो र पाँचौँ सेट आफ्नो पक्षमा पारेको थियो। कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौँ सेटमा १५–१३ ले पराजित गर्यो। कोशीले उपाधिका साथ नगद तीन लाख रुपैयाँ र ट्रफी तथा उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। तेस्रो स्थान प्राप्त मधेश प्रदेशले ७५ हजार र चौथो हुने बागमती प्रदेशले ५० हजार…
असार २७ , काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् । बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए । त्यस्तै सहकारीका सदस्यद्वय भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न पनि आदेश दिएको छ । कृषि विकास बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तर ४ जना मात्र पक्राउ परेका छन् । १ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान…
संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) सँग नयाँ सरकार गठनको सहमति गरेको पहिलो ठूलो दल नेपाली कांग्रेसका दुई महामन्त्री सकारकमा सहभागी नहुने भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने भनिएको सरकारमा सहभागी नहुने भएका हुन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले महामन्त्री र सांसदको काम गर्न…
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्। आज पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो आरोप लगाएका हुन्। रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप लगाए । ‘डिपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’