Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् । उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको…

Read More

काठमाडौं । भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो । ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय मिडियाहरुले प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुनेमा १४…

Read More

काठमाडौं : ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।

Read More

काठमाडौं । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ। आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा रिफर पुर्‍याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ। अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो। कश्मीर टाइगर्स नामक आतंकवादी संगठनले सेनामाथि हमलाको जिम्मेवारी लिएको छ। यो संगठन प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश-ए-मोहम्मदको शाखा मानिन्छ। भारतीय सेनाले यस वर्षको अन्त्यसम्म जम्मू क्षेत्रबाट आतंकवादलाई समाप्त गर्ने योजना बनाएको छ। गृह मन्त्रालयमा हालै भएको बैठकपछि…

Read More

२४ असार, झापा । बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) हुन लागेको कार्यक्रम जानकारी गराउदै पत्रकार सम्मेलन गरेका छन् । आज बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् । असोज ३ गते विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा (जैतुन छाँया सिजन–३ एपिसोड–२) बृहतरुपमा हुने छन् । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन। जसमा गायन, जीवन गवाही र बाइबलिय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ। बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको क्रममा…

Read More

काठमाडौं । असार दोस्रो र तेस्रो हप्तामा बाढी पहिरोसहित विपद्जन्य घटनाबाट देशभर ६२ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा परेको अविरल वर्षाका कारण गएको बाढी, पहिरो, चट्याङलगायत विपद्जन्य घटनाबाट ६२ को मृत्यु, ४ बेपत्ता र ९० जना घाइते भएका हुन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्यांकबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एक गरी नौ जनाको मृत्यु भएको छ। बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ। ११…

Read More

२३ असार, झापा । विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ । बिहारका सन्तोष लोहारले सर्प टोकेका थिए । बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता छ। भारतीय मिडियाका अनुसार रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो। रजौली थाना क्षेत्रको जंगली इलाकामा रेलवे लाइन बिछ्याउने काम चलिरहेको छ। मंगलवार राती सवै मजदूरहरु सुतिरहेका थिए। यसैवेला सन्तोषलाई सर्पले टोक्यो। त्यसपछि रिसाएका उनले सर्पलाई पनि २ पटक टोकिदिए। उनले यसरी…

Read More

कचनकवल, २३ असार । झापा कचनकवल गाउँपलिकामा करेन्ट लागेर एक वटा गोरुको मृत्यु भएको छ । कचनकवल गाउँपलिका–६ मुस्लिम बस्तिमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा आज बिहान सोही स्थानका लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा एक वटा गोरुलाई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

२३ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलि, सोमबारदेखि हिजो र आजको तुलनामा कम पानी पर्ने जनाएको छ । महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो । महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । त्यसकारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम पूरै नघट्ने, खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ । आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकारी दिएका हुन् । उनले भने- ‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौँ । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौँ ।’ यस अघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी\ले सरकारलाई दिएको…

Read More