Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन्  । राष्ट्रिपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका छन् । “राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Read More

१८ असार, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका…

Read More

काठमाडौँ। अदालतले रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेकाे अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ…

Read More

भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ ।अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा, किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ । साउन ५ गतेको साइकल यात्रासाउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरीयात्रा अगाडि बढाउन सकिन्छ । काठमाण्डौमा खोलामा ढल मिसाउने चलन सुरु हुन अघि…

Read More

झापा, १६ असार । बरिष्ठ साहित्यकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । आज विहान मस्तिष्कघात भएपछि उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको परिवारले जनाएको छ । भद्रपुर निवासी बरिष्ठ साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनको एक अग्रज एवम् भाषाविद् हुन् । अस्पतालमा वेहोशी अवस्थामा उपचारमा रहेका रेग्मीलाई भेट्न झापाली साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको छ ।

Read More

एजेन्सी, मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ । उक्त फिचरको नाम ‘एआई स्टुडियो’ हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् । मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए। हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताएका छन्। मेटाका अनुसार यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् । मेसेजको जवाफ दिने तथा…

Read More

मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले किसानको खेतमा गई सामुहिक धान रोपाइँ गरेर असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाएको छ । यसपटक असार १५ मा एमाले नगर कमिटीले मेचीनगर–९ शिवराज चोक स्थित रति किसानको १ बिगाहा खेतमा धान रोपेको हो । शनिबार विहान किसानको खेतमा धान रोपाइँमा एमालेका केन्द्रदेखि वडासम्मका करिव १५० जना बढीको सहभागता रहेको थियो । नौमती बाजासहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास, पूर्व…

Read More

मेचीनगर । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो । मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १/१ थान फरुवा बितरण गरेका थिए । स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो । कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार, मल, बीउ,…

Read More

काठमाडौँ। ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको आज मध्य दिन अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा…

Read More

एजेन्सी। भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा १ एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान छत भत्किएर खस्दा एकजनाको मृत्यु र ६ जना घाइते भएका छन् । छत रोकिराखिएको सवारी साधनमाथि खसेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको छत खसेको विमानस्थलका प्रवक्ताले बताए । दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ । घटनापछि टर्मिनल १ का सबै उडान स्थगन गरिएका छन् ।

Read More