काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिँदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको बताए। सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेका थिए।
Author: सन्देश पोस्ट
मेचीनगर, ११ असार । चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ। झापाकाे कमल र गाैरीगञ्ज गाउँपालिकाका विहान भारि वर्षासँगै परेकाे चट्याङले २ जनाकाे मृत्यु भएको हाे । मृत्यु हुनेमा कमल–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज–८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी कृष्ण चन्दले विहानै घरबाट खेततर्फ जाने क्रममा एक्कासी परेको चट्याङ लागेर खड्का घाइते भएकाे बताए । उपचारका लागि दमक स्थित आम्दा अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको उनकाे को भनाई छ । यता, गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा…
सर्लाही। रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ। ‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो।
मेचीनगर । मेचीनगर नगरपालिकाले प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तावित भएको हो । आज मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपप्रमुख उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् । बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट आउने बताइएको छ…
काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
काठमाडौं । दक्षिण कोरियाका लागि राजूदत सिफारिश भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन्। मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले प्याकुरेललाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिश गरेको थियो। प्याकुरेलले आफ्नो नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन्। राजदूत नियुक्तसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालमा विषयमा समेत विमर्श आवश्यक रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रतिक्रिया दिनुहोस्
असार ९,काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले प्राप्त गरेका छन् । बर्दियाका परियारले शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे। नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको शृङ्खला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बास्कोटा निर्णायकको रूपमा थिए ।
झापा, । झापा सहित कोशी प्रदेशमा विहीवारदेखि ट्राफिक सप्ताह शुरु भएको छ । दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एक साथ ट्राफिक सप्ताह शुरु भएको हो ।कोशी प्रदेशको राजधानी विराटनगर सहित १४ वटै जिल्लामा ‘ट्राफिक सप्ताह–२०८१’ को उद्घाटन गरिएको हो । ‘दुर्घटना मुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको सप्ताहको विराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् । यता झापामा पनि दुई पाङ्ग्रे सवारी बढी मात्रामा दुर्घटनामा पर्ने गरेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बालबालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताह शुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट विभिन्न संघ संस्था सहित शुरु…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ। आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ। यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोग पत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका…
काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाएपछि भारत ४७ रनले विजयी भएको हो। अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए। त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए…