२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्तताल स्रोतकाबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । यो घटनाले विरोध प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षाको विपरीत हिंसात्मक रुप लिएको देखाएको छ। प्रदर्शनका क्रममा सयौँ घाइते भएका छन् र घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।
Author: सन्देश पोस्ट
काठमाडौँ। नेपाल सरकारले भदौ १९ गतेदेखि सूचीकरणमा नपरेका फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइनसहित दर्जनौँ सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा सहज सञ्चारमा अवरोध भएको र यसले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको पहुँच, विद्यार्थीको अध्ययन–अनुसन्धान र अन्वेषणमा गम्भीर असर पारेको उल्लेख गरेका छन्। विद्यार्थी संगठनहरूले हाल करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमा आधारित रहेर बजार विस्तार र ग्राहक सम्पर्क गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबन्धका कारण रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोकन गर्न,…
धुलाबारी । त्रिवेणी युवा क्लबले असोज ३ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रणीय त्रिवेणी च्यालेञ्ज कप सञ्चालन गर्ने भएको छ ।मेचीनगर–१५ स्थित ज्यामिरगढी खेल मैदानमा त्रिवेणी च्यालेञ्ज कप हुने आइतबार मेची उद्योग बाणिज्य संघमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । ११ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा कोशी प्रदेशका ६ र भारतका २ वटा गरी ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।क्लबका अध्यक्ष विदुरसिंह खवासले कोशीका झापा एफसी, ब्रदर एफसी दमक, बेलबारी, सैनिक, रेडहर्स ईलाम तथा भारतको मानेभञ्ज्याङ दार्जिलिङ र कर्सेङ्गको युके एफसीको टिमले भाग लिने बताए । प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः २ लाख र १ लाख नगद राशिसहित ट्रफी,…
भदौ १२, झापा । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार सम्बन्धी विधेयकमा प्रेसस्वतन्त्रता विरोधी प्रावधान समावेश भएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा आज बिहिबार जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले धर्ना र कोणसभा गरेका छन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले “प्रेसमाथि नियन्त्रण हुदैँन”, “प्रेस स्वतन्त्रता हाम्राे पहिचान हो”, “विधेयक खारेज गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित ध्यानाकर्षण गराएका थिए। कोणसभामा महासंघ झापाका अध्यक्ष एकराज गिरीले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने उद्देश्यसहित ल्याइएको प्रावधानले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा भएको बताए। उनले विधेयक तत्काल खारेज नगरे प्रदेशभर आन्दोलन चर्काउने चेतावनी दिए। पत्रकार चन्द्र भण्डारीले प्रेस स्वतन्त्रता बिना समाज निरंकुशतर्फ धकेलिने उल्लेख गर्दै पत्रकारलाई असजिलो पार्ने…
काठमाडौं । इजरायलले चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनीहरू, जस्तै द्यथ्म्, मा जासुसी चिप्स भेटिएको आशंकामा ती गाडीहरूमा प्रतिबन्ध लगाएको छ। सुरक्षा निकायहरूले चिनियाँ गाडीहरूमा गोप्य सूचना सङ्कलन गर्ने उपकरणहरू जडान गरिएको हुन सक्ने आशंका गरेका हुन्। यसका कारण इजरायलले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै चिनियाँ ईभी गाडीको आयात तथा प्रयोगमा रोक लगाएको हो। चीनले भने यस्तो आरोप अस्वीकार गर्दै यसलाई भ्रामक र अनुचित भनेको छ।
काठमाडौँ, भदौ ८ । नेपालको संविधान जारी भएको एक दशक पुरा भएको अवसरमा सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ लाई विशेष उत्सवका साथ मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो। २०७२ असोज ३ गते जनताबाट निर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्ष संविधान जारी भएको दस वर्ष पूरा भएकाले दिवसलाई हर्षाेल्लासपूर्ण र भव्य बनाउन त्रिदिवसीय कार्यक्रम गर्ने निर्णय भएको छ। असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली नियोगमा दीपावलीसहित विविध कार्यक्रम…
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले औपचारिक रूपमा राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र होइन, प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको जानकारी दिएका हुन्। केही समयअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आफूले चलाउँदै आएको अभियानलाई विभिन्न अवरोध र दमन गरिएको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता देखिएको बताए। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा पर्छन्,” प्रसाईंले पत्रकार सम्मेलनमा भने। उनले विगतमा आफूलाई अभियानकै क्रममा थुन्ने, कोठामा ताला लगाउनेजस्ता घटनाले ठूलो प्रश्न उठाएको भन्दै त्यसपछि नै राजनीतिमा प्रवेश गर्ने निष्कर्षमा…
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए । उनीहरुले क्रमशः १० हजार र ५ हजार नगद प्राप्न गर्नेछन् । पुरस्कार समापन कार्यक्रममा वितरण गरिनेछ । अर्जुनले ५१ औँ मिनेटमा, रिदमले ५२औ तथा विप्लबले ५३ औँ मिनेट दौड पुरा गरेका थिए । ८५ जना सहभागी दौड प्रतियोगिताको चौथो स्थानमा युवराज मगर, पाँचौँमा निश्चल…
झापा । ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। फिनाले शनिबार सम्पन्न भयो, जहाँ उनले सर्वाधिक भोट प्राप्त गरी १० लाख रुपैयाँ नगद र अन्य पुरस्कारहरू हात पारिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतको अतिथिले पुरस्कार प्रदान गरे । कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।
२३ श्रावण २०८२, शुक्रबार, झापा । भारतका विभिन्न स्थानबाट हराएका चार जना नेपाली बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको छ। धम्पालथान गाउँपालिका–७, मारेङ कमलपुरका १४ वर्षीय सर्बेन्द्र सिंह नुनिया भारतको फरबिसगञ्जस्थित मामाघरमा आफन्तको विवाहमा जन्ती जान गएका थिए। कलकत्तातर्फ जाने गाडिमा सुतिरहेको अवस्थामा हराएका उनी पाँच महिना पछि भारतको सिनी, कलकत्ताले फेला परे। उनलाई नव अभियान नेपालको समन्वय र नेपाल प्रहरी काँकरभिट्टाको सहयोगमा काँकरभिट्टामा उनका अभिभावक बलराम कुमारसिंह नुनियालाई बुझाइएको हो। भोजपुर, दोभाने मातेल–५ की १६ वर्षीया सम्निमा राई घरबाट हराएको १६ दिनपछि जलपाईगुडीस्थित बालिकाहरुको लागि निजलोय गृहको सहयोगमा उद्धार गरिएको छ। आफन्तको सल्लाहबिना होटेलमा काम लगाइदिने बहानामा भारत पुर्याइएकी एक…