Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्यान्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ । अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्यान्डमा हुनेछ । थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष…

Read More

असार ४,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै शिक्षकलाई राजनीतिक दलको आबद्धता छाड्न लगाउनुलाई उपलब्धि बताएकी छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलसँगको आबद्धता त्याग गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरण आफ्नै कार्यकालमा अन्त्य गर्ने दाबी गरिन् । शिक्षक सरुवाको मापदण्ड बनिसकेको उल्लेख गर्दै उनले त्यसका लागि निवमावलीका काम गरिरहेको बताइन् । उनले भनिन्, ‘विशेष परिस्थितिका शिक्षकहरुको सरुवाका लागि २०८० सालमा एउटा निर्देशिका बनेको थियो । शिक्षक वास्तविक सरुवा कसरी गर्ने भनेर मापदण्ड बनाउने भनिएको थियो ।…

Read More

काठमाडौं । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ । ‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म ‘खजुरे ब्रो’ गत…

Read More

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो ।  ‘सुपर–८ चारण’ खेल तालिका

Read More

काँकरभिट्टा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए । निर्वाचन समिति संयोजक राजु कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ समेत खुवाएका थिए । मन्त्री कार्कीले नवनिर्वाचित समितिलाई अविर र फुलमाला लगाएर बधाई दिएका थिए । मन्त्री कार्कीले ‘खानेपानी ऐन’ ल्याउन लागिएको बताएका छन् । उनले सबै नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन…

Read More

एजेन्सी । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेटका कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ। “रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकहरूको रिहाइका लागि वार्ता भइरहेको छ“, उनीहरूले एक विज्ञप्तिमार्फत जानकारी गराए । राज्य समाचार एजेन्सी तासका अनुसार बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित बाँकी आइएसका सदस्यहरू मध्येका हुन् । जिहादी सङ्गठनले रुस लक्षित थुप्रै आक्रमण गरेको छ। २२ मार्चमा मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा…

Read More

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजल र मट्टीतेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ । प्रतिक्रिया दिनुहोस्

Read More

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् । चालू वर्षको बजेट ३६ अर्ब ६४ करोडको बजेट रहेकोमा कोशीमा यस पटक करिब एक अर्ब रुपैयाँ बराबरको कम बजेट आएको छ । कोशीको बजेटमा प्रदेशको दिगो आर्थिक वृद्धि हासिल गर्न कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा लगानी वृद्धि गर्ने, भौतिक पूर्वाधार निर्माण र पर्यटन विकास गर्ने तथा सेवा…

Read More

काँकरभिट्टा । मेचीनगरका सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर सञ्चार प्रतिष्ठानले नगरपालिकाको सभाहलमा दुई दिवसीय विकास पत्रकारिता तालिम आयोजना गरेको हाे । शनिबार भएको पहिलो दिनकाे तालिममा मेचीनगरका ३० बढी सञ्चारकर्मी सहभागी भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले व्यानर पढेर तालिमको उदघाटन गर्नुभएको थियो । त्यसक्रममा उहाँले मिडियाकर्मीहरुमा एकद्वार प्रणालीबाट जान सञ्चार प्रतिष्ठान गठन गरिएको बताउनुभयो । उपप्रमुख उप्रेतीले पछिल्लो समय सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्नबाट नगरपालिका चुकेको र नगरपालिकाको तर्फबाट पत्रकारहरुसँग पर्याप्त छलफल र सहकार्य नभएकोमा आफुलाई पीडा बोध भएको बताउँनु भयाे । वडा नम्बर ७ अध्यक्ष प्रह्लादमणि ओलीले नगरपालिकाले जनताको आवाज बाहिर ल्याउने…

Read More

बाहुनडाँगी । विश्व रक्तदाता दिवसको अवसरमा बाहुनडाँगीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज, नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखा, बाहुनडाँगी युवा क्लव र १०१ युवा समूह मेचीनगर २ को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाको रहेको थियो भने सहजिकरण प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरी बल बाहुनडाँगीको रहेको थियो । बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौलाले रगत दिएर उद्घाटन गरेको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष सागर कार्की, कन्चन उप्रेती, अध्यक्ष देबु बानिया, बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवन मोते, रेडक्रस उपशाखा बाहुनडाँगीका अध्यक्ष घनश्याम दाहाल, कोषाध्यक्ष कमल गोले,…

Read More