Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । लिची स्वादिलो र पौष्टिक फल हो, गर्मी मौसममा मानिसहरुले यसको सेवन गर्न थाल्छन् । तर यसको अत्यधिक सेवनले स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । गर्मीको मौसम सुरु हुनासाथ मानिसहरु लिची खान थाल्छन् । यसको अत्याधिक सेवन स्वास्थ्यका लागि घातक हुनसक्छ । लिचीमा चिनीको मात्रा धेरै हुन्छ, त्यसैले मधुमेहका बिरामीले यसको सेवन गर्नु हुँदैन । आवश्यकताभन्दा बढी लिची खाँदा पेट फुल्ने, ग्यास र झाडापखाला जस्ता समस्या हुन सक्छ। कतिपयलाई लिचीबाट एलर्जी हुन सक्छ। यसले रातो दाग र सुन्निने जस्ता समस्याहरू निम्त्याउन सक्छ। गर्भवती महिलाले लिचीको सेवन सिमित मात्रामा गर्नुपर्छ । यसले बच्चालाई असर गर्न सक्छ ।

Read More

बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन भएको छ ।  पाठकको बिहीवार बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । पूर्वशिक्षकसमेत रहेका पाठकले लामो समय शिक्षण पेशामा आवद्ध र नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए । बिर्तामोड–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए । उनको अन्त्यस्टी छोरा बिदेशमा रहेका र भोली आइपुगेपछि शुक्रवार (भोली)…

Read More

मेचीनगर । मेचीनगर नगरपालिकालाई नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारबाट करोडौंको बजेट विनियोजन भएको छ । मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्ताव, सभामुख देवराज घिमिरेको संयोजन र संघीय सांसद विश्वप्रकाश शर्माको सहयोगमा बजेट विनियोजन भएको हो । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सचिवालयका अनुसार शहरी विकास लगायत विभिन्न मन्त्रालयको योजनाबाट विविध शीर्षकमा गरी करोडौंको बजेट विनियोजन भएको छ । नगरप्रमुखका स्वकीय सचिव आशिष पौडेलका अनुसार मेची कोरिडोर कालोपत्र निर्माणको ९४ वटा शीर्षकमा ४ करोड १० लाख, मेचीनगर–३ खम्बुटार जाने सडक स्तरोन्नतिमा ५० लाख, तेलिबारी–मैनालीबारी सडक वडा नं. १४ (साविक दुवागडी गाविस) बाट राजमार्ग जोड्ने सडक स्तरोन्नति गर्न ५० लाख, सुवर्ण मार्ग…

Read More

काठमाडौँ । हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि धेरै ठाउँमा आगो लागेको छ ।  हिजबुल्लाहले उत्तरी इजरायलमा लेबनानबाट दर्जनौं रकेट प्रहार गरेको जनाएको छ। हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको मृत्युको प्रतिक्रियास्वरूप यो हमला गरेको जनाएको हो । इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो । इजरायल र हिजबुल्लाहबीचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमाण्डर हुन् । हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको छ । उही समयमा, इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ । इजरायलले अधिकांश रकेट…

Read More

काठमाडौं । टी-२० विश्वकप अन्तर्गत बुधबार हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेल वर्षाका कारण रद्द  भएको हो। वर्षाका कारण खेलको टससमेत हुन नसकेपछि दुवै टिम १-१ अंक बाँड्न बाध्य भए। नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। समूह चरणको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो। खेल रद्द भएसँगै श्रीलंकाको अन्तिम ८ मा पुग्ने सम्भावना भने सकिएको छ। तीन खेलबाट १ अंक बनाएको श्रीलंका अंकतालिकाको पुछारमा छ। श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो।…

Read More

मेचीनगर । माई वल्र्ड रिकन्डिसन सर्भिस सेन्टरले प्रथम वार्षिकोत्सव मनाउँदै विद्युतीय सवारी मंगलबार उद्घाटन गरेको छ । मेचीनगर-७, आयाबारीस्थित सर्भिस सेन्टरको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । सेन्टरले बार्षिकोत्सवसँगै दुई र तीन पाङ्गे बिद्युतीय सवारी साधानको समेत बिक्री सुरु गरेको छ ।कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, कोशी प्रदेश निवर्तमान सांसद श्रीप्रसाद मैनाली, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नाटाका कोशी प्रदेश अध्यक्ष उदय श्रेष्ठ, नेकपा माओवादी मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, यातायात ब्यवसायीका तर्फबाट डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।…

Read More

काठमाडौँ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ । साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि शुरु हुने छ । यस अघि गत विहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो  । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने…

Read More

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुनु भएको छ । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १९९१ मत प्राप्त गरी विजयी हुनु भएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका सन्तोस आचार्यले १८०८ मत प्राप्त गर्नु भएको छ । अचार्य भन्दा १८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिनु भयो । अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेका गाविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार…

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका…

Read More

काँकरभिट्टा । काँकरभिट्टा खानेपानीको मतगणनामा अध्यक्ष तथा सचिवमा लोकतान्त्रीक साझा प्यानलले अग्रता लिएको छ । मतपरिणाम ३ सय गणना हुदाँ उपाध्यक्ष र कोषाध्यक्षमा भने प्रगतिशिल समाजवादी प्यानलले अग्रता बनाएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकीले १ सय ३५ मत प्राप्त गर्नु भएको छ । उहाँलाई अध्यक्षका एमाले उम्मेद्वार सन्तोस आचार्यले १ सय ११ मतका साथ पछ्याइरहनुभएको छ । त्यस्तै अध्यक्षमा रास्वपाका उम्मेद्वार सदर्शन खड्काले २८ मत पाउनु भएको छ । उपाध्यक्षमा भने एमालेका गोबिन्द गिरी १ सय ५१ मतका साथ अगाडी हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्रका राजकुमार दाहालले ७८ मत का साथ पछ्याइरहनुभएको छ । रास्वपाका कृष्ण सुवेदीले ३३ मत…

Read More