काँकरभिट्टा । काँकरभिट्टा खानेपानीको मतगणनामा अध्यक्ष पदका उम्मेद्वार रोहित कुमार बुढाथोकीले सुरूवाती अग्रता कायम गर्नु भएको छ । पहिलो दुइ सय मत गणना हुदा काँग्रेसका बुढाथोकीले ९५ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका एमाले उम्मेद्वार सन्तोस आचार्यले ७६ मत पाउनु भएको छ । अध्यक्षमा रास्वपाका उम्मेद्वार सदर्शन खड्काले १६ मत पाउनु भएको छ । उपाध्यक्षमा एमालेका गोबिन्द गिरी १ सय ३, माओवादी केन्द्रका राजकुमार दाहाल ६३ र रास्वपाका कृष्ण सुवेदीले २० मत पाउनु भएको छ । त्यस्तै सचिवमा काँग्रेसका विशाल तामाङले ८९, जसपाका दिलिपजंग सुब्बाले ६३ र रास्वपाका नरेन्द्र शिवाकोटीले ३० मत प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा एमालेकी बिमला…
Author: सन्देश पोस्ट
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभाेक्ता संस्थाकाे मतगणना सुरू भएकाे छ । अहिले मतपत्र छुट्याएर गणनाकाे लागि तयार पार्ने काम सुरू भएकाे निर्वाचन समितिका संयाेजक राजु कार्कीले बताए । उनका अनुसार ६ ठाउँमा मतगणना गरिनेछ । आज राति १० बजे सम्ममा परिणाम आउने सक्ने गरी गणना गरिने कार्कीले जानकारी दिए । हिजाे भएको मतदानमा ४ हजार ९ सय २० मत खसेको छ । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदानमा ७३.७१ प्रतिशत मतदान भएको छ । काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाकाे समर्थनमा सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।
काठमाडाैं । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगी संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो ।
विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । शुक्रबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमान्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको नभई लिम्बू, खम्बु, कोचिला, मधेसका जनताले पहिचान मागेको बताए । महतोले राष्ट्रिय मुक्ति क्रान्तिले शान्तिपूर्ण आन्दोलन गर्दै नेपाललाई सबै नेपालीको राज्यको रूपमा स्थापित गर्ने उनको भनाइ थियो । उनले भने, ‘विगतमा केहीले विगतमा जबरजस्ती गोली चलाएर मधेस आन्दोलनको अन्त्य गर्ने प्रयत्न गरे । बन्दुक चलाएरै…
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २० मत खसेकाे छ । मेचीनगर–६, काँकरभिट्टा माविको परिसरमा जारी खानेपानीकाे चुनावमा ७४ प्रतिशत मत खसेकाे निर्वाचन समिति सदस्य केशव पाेखरेलले जानकारी दिए । उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेकाे बताए । विहान ८ वजेदेखि सुरू मतदान साँझ ५ वजे सकिएकाे छ । मतगणना भाेलि विहान ८ वजेदेखि खानेपानी कार्यालयकाे सभाहलमा हुने निर्वाचन समिति संयाेजक राजु कार्कीले बताए ।
मेचीनगर । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान भइरहेको छ । आज बिहान ७ः२० बजेदेखि सुरु भएको मतदानमा ४ : ३० बजेसम्म ४ हजार ३ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदान काकरभिट्टा मावि परिषरमा तयार गरिएको मतदानस्थलमा ६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । मतगणना भोलि विहान ८ बजेदेखि सुरु गरिने निर्वाचन समितिले निर्णय गरेको कार्कीले जानकरी दिए । काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र…
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । आज बिहान ७ बजेदेखि सुरु हुने मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिनुभयो । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदान काँकरभिट्टा मावि परिषरमा हुने र त्यसका लागि ६ वटा मतदान केन्द्र तयार गरिएको निर्वाचन समिति संयोजक कार्कीले जानकारी दिनुभयो । मतगणना भोलि विहान ८ बजेदेखि सूरु गरिने निर्वाचन समितिले निर्णय गरेको कार्कीले बताउनु भयो । नेपाली काँग्रेसको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय लोकतान्त्रीक मञ्च र नेकपा एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रीक प्रगतीशील प्यानलबाट काँग्रेसका रोहितकुमार बुढाथोकी अध्यक्षका…
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालको लागि शपथ लिने भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् । यसअघि मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए । चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोदीले यसअघि सन् २०१४ र २०१९…
खबरपोस्ट अनलाइन समाचारदाता, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्ध काँकरभिट्टा परिसरमा सचेतनामूलक मौन र्याली सम्पन्न भएको छ । आज बिहिबार इलाका प्रहरी काँकरभिट्टाको आयोजना तथा बिभिन्न सरोकारवाला संघ संस्थाहरुको सहभागितामा सम्पन्न भएको हो । समुदाय–प्रहरी साझेदारी ब्यानरमा “शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि, “लैङ्गिक हिंसा तथा मानव बेचबिखन ओसार–पसार बिरुद्धको अभियान” भन्ने नाराका साथ समाजमा चेतनामूलक सन्देश दिएका थिए । त्यस्तै र्यालीमा सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान, मानव बेचबिखन तथा ओसार–पसार जरैदेखि निर्मुल गरौं, मानव बेचबिखन रहित सभ्य र स्वच्छ समाजको स्थापनाको निमित्त हातेमालो गरौं, हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज र जागौं मानव बेचबिखन…
मेचीनगर । सेन्टपल्स अंग्रेजी माविले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । मेचीनगर–१३ स्थित सेन्टपल्स अंग्रेजी विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो । समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री प्रदर्शनी गरेको छ । विद्यार्थीहरुलाई आफ्नो मौलिक तथा परम्परागत प्राचिन तथा लोप हुन लागेका सामाग्री चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अजय आलेले जानकारी दिए । ‘आज प्राचिन सभ्यता र संस्कृति बोकेका पुराना सामाग्री लोप हुँदै गएको अवस्था छ,’ उनले भने, ‘ती सामाग्री नानीहरुलाई चिनाएर हाम्रो कला परम्परागत सामाग्री…