Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार बनाउन कसरत थालेको बताइएको छ ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा लागेको आगो सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ । सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदामा ग्यास लिकेज भई आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ । आगलागी नियन्त्रणको लागि २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ आगो नियन्त्रणमा जुटेका थिए  । आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ।

Read More

काठमाडाैं । अमेरिकामा जारी आईसीसी टी २० विश्वकपमा नेदल्याल्डस् विरुद्ध फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता लिएको छ।

Read More

काठमाडौं ।  आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो । एक दशकपछि दोस्रो पटक टी२० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन । चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपछि गतिलो…

Read More

न्युयोर्क । नेपालले टी २० विश्वकपअन्तर्गत पहिलो खेल आज राति नेदरल्यान्डस्विरुद्ध खेल्दैछ। नेपालले औपचारिकरूपमा यो पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा शुरु हुनेछ। १० वर्षअघि पनि नेपालले टी २० विश्वकप खेले पनि त्यो प्रारम्भिक चरणमा खेलेको थियो। २०१४ मा बंगलादेशमा भएको उक्त टी २० विश्वकपको मुख्य चरणमा नेपाल छनौट भएको थिएन। नेपाल र नेदरल्यान्डस्ले टी २० क्रिकेटमा एक अर्कोसँग १२ खेल खेलिसकेको छ। जसमा, ६ खेल नेदरल्यान्डस्ले जितेको छ भने नेपालले ५ खेल जितेको छ। एक खेलको भने नतिजा आएको थिएन। पछिल्ला तीन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलिएको थियो ।…

Read More

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी-२० विश्वकपका लागि अहिलेसम्मको धेरै पुरस्कार रकम घोषणा गरेको हो । विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । यो भनेको करिब ३ करोड नेपाली रुपैयाँ हो । प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । टी-२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टिमले जनही ७ लाख…

Read More

काठमाडौँ । लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताँजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

Read More

काठमाण्डौँ । एनसिएफ नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीसँग छलफल तथा तथा अन्तरक्रिया गरेको छ । युवा आयोगले एनसिएफ.नेपालको केन्द्रीय कार्यालयमा विभिन्न देशका कलेज तथा विश्वविध्यालयका विध्यार्थीहरू र काठमण्डौका विभिन्न कलेजहरूमा अध्ययनरत नेपाली विध्यार्थीहरूको सक्रिय सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रमा मुख्य वक्ताका रुपमा रहनुभएका पा.डा.शेथले विध्यार्थीहरूका “करियर भर्शेस कलिंग” को विषयमा व्यवाहारिक र बाइलीय शिक्षा शिक्षा दिनुभएको थियो । विभिन्न देशका बिध्यार्थीहरूले वचन, जीवन गवाही, गीत, नाच प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले सामुहीक रुपमा देशका युवाहरुको निम्ति प्रार्थना समेत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा एनसिएफ नेपालका केन्द्रिय अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख…

Read More

मेचीनगर । किरात राई यायोक्खाको आयोजनामा साकेला उभौली पर्व कार्यक्रम सम्पन्न भएको छ । आइतबार झापा किराँत समुदायको संयूक्त आयोजनामा उभौली पर्व भब्यताकासाथ मनाएको हो । झापामा रहेका विभिन्न नगर तथा पालिकाहरुबाट उपस्थित भई साकेला सिली समुहले आ–आफ्नो सिली प्रस्तुत गरेका थिए ।उपस्थित समूह बिर्तामोड, अर्जुनधारा, मेचीनगर, हल्दिबारी, बाह्रदसी, भद्रपुर र गोल्धापबाट सहभागी भएका थिए । प्रमुख अतिथि गणेशमान राईबाट पानसमा दियोबालेर कार्याक्रमको उद्घाटन गरिएको थियो । कार्याक्रमको अध्यक्ष जगत कुमार राईले गरेको थिए । त्यसैगरी अतिथिहरुमा खेम प्रसाद अधिकारी, जीवन बास्कोटा, गीता शर्मा रेग्मी, गणेश कुमार कन्दङ्वा रहेका थिए । कार्याक्रममा बोल्दै उभौली पर्वको अर्थ प्राकृतिक र पितृसंग आशिर्वाद…

Read More

विराटनगर । उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आइतबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हुन्। उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । यसअघि उनले प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसकेका छन् । मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरिसकेका छन् ।

Read More