काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
Author: सन्देश पोस्ट
काठमाडौँ । गृहमन्त्री लामिछानेले ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रुपमा खटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार कृष्ण विक, रवीन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्जवल माली, इमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ । रिटमा देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन र उसले बोलेको भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेष्णको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ । गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेका थिए । लगत्तै काठमाडौँ उपत्यका…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ भन्ने लागेको छ ।’ २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा…
एजेन्सी। इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो । एएफपीका पत्रकारहरूले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ । रेड सी…
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी…
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको बजेट ल्याएको छ। ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फीति ५ दशमलव ५ प्रतिशतको वान्छित सीमाभित्र रहने लक्ष्य राख्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत रहेको छ।…
काठमाडौं । बजेट भाषण हुने संसद्को संयुक्त बैठक २ घण्टा सारिएको छ। यस अघि आज दिउँसो १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै छ। संसद् बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसद्मा बजेट भाषण हुने छ। सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुङ्गाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो। सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरूले आज समितिमा बस्ने नेताहरूको नाम बुझाउने छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर…
झापा । नेपाल पत्रकार महासंघको झापा शाखा कार्यालयमा प्रेस चैतारी झापाले तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना झापाका सदस्यहरुको नाम सार्वजनिक भएको थियो । सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्य भएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताए । चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकैकारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको…
न्युर्योक । अमेरिकाको ४ राज्यमा आएको खतरनाक घुम्रपातबाट (टोर्नाडो) मृत्यु हुनेको संख्या १८ पुगेको छ । अमेरिकाको टेक्सस, ओक्लाहोमा, अर्कान्सास र केन्टकी राज्यहरुमा चार बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ । अमेरिकामा १ करोड ९ लाख मानिसहरू आइतबार ठूला असिना, हानीकारक हावा र भीषण भूमरीको खतरामा रहेका थिए । आइतबार कम्तीमा ११ पटक घुम्रपातबाट (टोर्नाडो) आएको अभिलेख गरिएको छ । अधिकारीहरुका अनुसार अर्कान्सासमा ८ जना,टेक्ससमा ७ जना,ओक्लाहोमामा २ जना र केन्टकीमा १ जनाको मृत्यु भएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले सोमबार बिहान सबेरै आपतकालिन अवस्था जारी गरेका छन् । केन्टकीमा १ लाख ३५, हजार ग्राहकहरु बिद्युत बिच्छेदमा परेका छन्…
काठमाडौँ। सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्द सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते (बुधबार) पेशी तोकिएको छ । रिटमा सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरिएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको हो ।