Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

मेचीनगर । अत्याधिक गर्मी बढेसंगै झापाकाे मेचीनगरमा रहेका विद्यालयहरूमा पठन पाठन बन्द गरिएकाे छ ।  गर्मीका कारण बालबालिकाहरूकाे स्वास्थ्यमा असर पर्न जाने भएकोले जेष्ठ १४ र १५ गते सामुदायिक र निजि विद्यालयकाे पठन पाठन स्थगित गरिएकाे मेचीनगर शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारीले एक सूचना जारी गरी जानकारी दिनु भएकाे छ । शैक्षिकसत्रकाे बर्खेविदाबाट कट्टी हुनेगरी सबै विद्यालयहरूलाई तत्कालका लागि दुईदिन पठन पाठन स्तगित गर्न भनिएकाे भण्डारीले बताउनु भयाे । वहाँका अनुसार जेठ १५ गते पछि माैषमकाे अवस्थालाई हेरेर निर्णय गरिनेछ ।  गतवर्ष पनि अत्यधिक गर्मीका कारण नगरले ६ दिन विद्यालय बिदा दिएको थियो । झापामा पछिल्ला केही दिनदेखि अत्याधिक गर्मि…

Read More

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो । उनीहरूलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अब जेठ १५ गते मंगलबार सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

Read More

मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए । अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गरिएको जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो । स्व. सञ्जुहाङ्गका…

Read More

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका(५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

झापा । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा…

Read More

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

Read More

झापा ।। पत्रकारले समाचार मात्रै लेख्दैन सामाजिक कर्ममा हात पनि बढाउन सक्छ भन्ने एक उदहारण बनेका छन झापामा संचारकर्मी तथा सामाजिक अभियन्ता खगेन्द्र घिमिरे । उनलाई खरो उपनाम ले समेत चिनिन्छ । संचार क्षेत्रमा सत्यको पक्षमा कडा प्रस्तुत हुने घिमिरे सामाजिक रुपमा दिन दु:खी असहायको बिषयमा गम्भीर भएर आफ्ना प्रस्तुतीहरु मिडियामा सार्वजनीक गर्ने गरेका छन् । उनले उठाएका बिषयले समाजमा सुधारसँगै भुइमान्छेका आसाको केन्द्र बन्ने गरेका छन् । पत्रकार घिमिरेले तीन साता अघि एउटा भिडियो फेसबुक वालमा पोष्ट गरे । आमाको निधनपछि काज किरियामा बसेका तीन अवोध बालबालिकाको तस्वीर । तस्वीरमै प्रस्ट देखिन्थ्यो । करुणाले भरिएको मलिन अनुहार फेस बुक…

Read More

काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। प्रहरीका अनुसार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई आजै धनुषा पठाइएको हो। सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।

Read More

काठमाडौं– किशोरावस्था र युवावस्था स्वभावतः उत्सुक, जिज्ञासु र कल्पनाशील हुन्छ । किशोरकिशोरी र युवायुवती नयाँ नयाँ सपना देख्छन्, अनौठा अनौठा कल्पना गर्छन् । उनीहरूमा जोश, जाँगर र उर्जा यति हुन्छ कि कतिपय त आफूले देखेका र सोचेका जुनसुकै सपना वा कल्पना यथार्थमै परिणत गराइछाड्ने जिद्दी गरिरहेका हुन्छन् । सपना र विपनाबीच तालमेल मिलाउन नसक्दा कैयन् किशोरकिशोरी ठूलो समस्यामा फस्न पुगेको पाइन्छ । प्रेम के हो भन्ने पत्तै नपाई उनीहरू जोसुकैसँग सजिलै प्रेममा पर्न सक्छन् । त्यही प्रेम पछि गएर मानसिक, सामाजिक वा कानूनी पासोमा परिणत हुनसक्छ भन्ने उनीहरूलाई हेक्कै हुँदैन । यही वस्तुतथ्यलाई उपन्यासका माध्यमबाट आम युवायुवती र किशोरकिशोरीलाई संझाउने…

Read More