Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ । संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । तर यसका लागि सर्वोच्च नेता…

Read More

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ। पूर्व-पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो। यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो। नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उहाँले बताउनुभयो। मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ। ‘उपकरण जडान गर्ने काम भइसक्यो,” उहाँले भन्नुभयो- ‘प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने…

Read More

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् । अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ । राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए । हेलिकप्टर खोज्नका निम्ति ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका…

Read More

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसमाथि संसदलाई मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप‍ लगाए। उनले कांग्रेसले संसदमा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान खोजेको आरोपसमेत लगाएका हुन्। ‘हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेता, जसलाई स्वर्गमा पुगेका पितृहरुले पनि निर्वाचनको वेलामा प्रकट भएर भोट दिएर पठाएर निर्वाचित गरेर पठाए, ती त्यस्ता व्यक्तिले संसदबाट, संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन…

Read More

झापा । कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर राज्यमन्त्रीको भूमिकामा छिन् । झागर समुदायबाटै पहिलो पटक उनी मन्त्री बनेकी हुन् । उनलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । कोशी प्रदेशमा बनेको १० सदस्यीय मन्त्रीमण्डलमा उनी पनि सामेल हुनुको मतलब अब उनले नीतिगत तहमा आफ्नो कुरा राख्नेछिन् । आफ्नो समुदायको हित अनुकूल निर्णय गराउन प्रयास गर्नेछिन् । झापा, मोरङ र सुनसरीमा यो समुदायको बसोबास छ । ‘हाम्रो समुदायभित्र झागर, उराउ समुदाय छ । त्यसभित्र झागर खडिया समुदाय छ । म त्यो समुदायमा पर्छु । त्यो समुदाय अहिले झापा, मोरङ र सुनसरीमा ७ हजारजति छन्,’ उनले सुनाइन् ।…

Read More

बिर्तामोड । झापाको बिर्तामोडमा चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव हुन लागेको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिइएको हो । स्थानीय व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अनुसार महोत्सव यही जेठ ६ गतेदेखि ११ गतेसम्म हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा उद्घाटन गर्ने महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने अध्यक्ष केवल तामाङले जानकारी दिए । कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले आयोजना…

Read More

काठमाडौ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको छ । प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख शाह र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन् । उनले उनीहरुलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरेका छन् । त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेका…

Read More

काठमाडौं । जिल्ला अदालतको फैसला उल्याँउदै उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । उच्च अदालतको फैसलापछि…

Read More

२ जेठ २०८१ बुधबार , झापा । नेपाली इसाई जगतमा सुसमाचार र चेलापनमा अतुलनीय योगदान पुर्याएका धराेहर एडोन रोङगोङको ८४ वर्षको उमेरमा निधन भएको छ । नेपाल क्याम्पस क्रुसेड फर क्राइस्टका संस्थापक समेत रहनुभएका एडोन रोङगोङको आज बुधबार जेठ २ गते विहान भारतको सिलुगुरीमा निधन भएको हो । एडोन रोङगोङको सुसमाचार, चेलापन र आत्मिक जागृतिको लागि नेपाली इसाई समुदायमा अतुलुनीय योगदान रहेको छ । उहाँले केहि दिन अघि नेपाल सुसमाचार केन्द्रका संस्थापक रेशमराज पौडेलको निधनको खबरमा दुःख ब्यक्त गर्दै “मेरो भाई, अब यहाँ नभेटे पनि वहाँ भेटाउँला ।” भनेर सामाजिक सञ्जालमा एउटा मर्माहित स्टाटस छोड्नु भएको छ । नेपाली इसाई जगतमा…

Read More