Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् ।

Read More

– होमराज राई १ जेष्ठ २०८१ मंगलबार, मेचीनगर । झापा जिल्लाको मेचीनगर ईसाई समाजले आफ्नो स्थापनाको २५ औं बर्ष पुरागरी रजत महोत्सव मनाएका छन् । मेचीनगर ईसाई समाजको २५ औं वर्षको अवसरमा सोमबार पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलाबारीमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । मेचीनगर ईसाई समाज र मेचीनगर आमा–दिदीबहिनी समाजको संयूक्त आयोजनामा भएको रजत महोत्सवमा समाजको अध्यक्ष पास्टर राजु खड्काको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि डा.रेभ मंगलमान महर्जनले भन्नुभयो,–“बदला लिने काम हामीले कहिलै गर्नु हुँदैन । बरु शत्रुहरु भोकाएको वा तिर्खाएको छ भने खानेकुराले तृप्त पार्ने काम हामीले गर्नुपर्दछ । हामी स्वार्थी हुनुहुदैन,हामीले पाएको मुक्ति,…

Read More

काठमाडौं, अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले लगातार फिल्ममा काम गरिरहेका छन् । अघिल्लो वर्ष मात्र उनीहरुको तीनवटा फिल्म ‘जारी’, ‘नाङ्गो गाउँ’ र रंगेली’ रिलिज भए । यतिबेला यो जोडीको ‘मनसरा’ हलमा प्रदर्शनरत छ । अब आगामी असार २८ गतेबाट उनीहरुको अर्को नयाँ फिल्म ‘घरज्वाइँ’ प्रदर्शनमा आउने तयारीमा छ । आइतबार यो फिल्मको टिजर सार्वजनिक गरियो । १ मिनेट ५७ सेकेण्ड लम्बाईको टिजरले दयाहाङ र मिरुनाबीचको सम्बन्धलाई देखाएको छ । शिक्षण पेशामा आबद्ध दयाहाङको पात्रले मिरुनालाई मन पराउँछ । जब बिहेको कुरा गर्न ऊ मिरुनाको घर जान्छ, तब मिरुनाका पिता (शिशिर बाङ्गदेल)ले घरज्वाइँ बस्नुपर्ने सर्त अगाडि सार्छन्, जुन स्वीकार्न…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । डा. नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरेको टिप्पणीका कारण विवादमा परेका थिए । यस विषयमा उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो । राष्ट्रपति कार्यालयले भनेको छ- ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ ।’

Read More

काठमाडौं । भारतीय अभिनेत्री करिना कपुरको पुस्तक ‘प्रेग्नेन्सी बाइबल’ विवादमा परेको छ। उनले पुस्तकमा प्रयोग गरेको ‘बाइबल’ले धर्मको अपमान गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर भएको हो। मध्य प्रदेश उच्च अदालतले एक नागरिकको निवेदनको सुनुवाई गर्दै करिनाबिरुद्ध नोटिस जारी गरेको छ। उनले धर्ममाथि अपमान गरेर अपराधिक कार्य गरेको भन्दै मुद्दा दायर गरिएको हो। उनको किताब ‘करिना कपूर खान्स प्रेग्नेंसी बाइबल: द अल्टीमेट म्यानुअल फर मम्स-टू-बी’, अगस्त २०२१ मा सार्वजनिक भएको थियो। जहाँ उनले आफ्ना दुई सन्तान जन्माउँदाको अनुभूति उल्लेख गरेकी छिन्। उक्त किताब लेखनमा उनलाई भारतका चर्चित स्त्री तथा प्रसुति रोग विशेषज्ञले सघाएका छन्। उनले पुस्तकमा आफ्ना दुवै गर्भावस्थाका शारीरिक र भावनात्मक अनुभवलाई समेटेकी छिन्। जसले…

Read More

काठमाडौँ । डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरू गरेका छन्  । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बसेका हुन् । डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साधै नि:शुल्क औषधिक उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाहीको माग अघि सारेका छन् ।

Read More

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरेका हुन्। नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए। कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।

Read More

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्। सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए। कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए। यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

Read More

ललितपुर । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप द्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन हिजो मंगलबारबाट ललितपुरमा सुरु भएको छ । काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागितामा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपालले दुई दिने मिडिया सम्मेलनको आयोजना गरेको हो । आयोजित दुई दिने सम्मेलनमा ख्रीष्टियन मिडियाको संघर्ष र अवसर सहित ख्रीष्टियन मिडियाकर्मीहरुले इसाई समुदायको पक्षमा खेल्नुपर्ने महत्वपूर्ण भुमिकाको विषयमा छलफल गरेका छन् । ख्रीष्टियान मिडियालाई आत्मनिर्भर बनाउन र आफ्नै सेटालाइट टि.भि सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । ख्रीष्टियन मिडिया सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महाससचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान पु¥याउनुपर्ने विषयमा बोल्नुभएको थियो । त्यसैगरी नेपाल ख्रीष्टियन…

Read More

झापा । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु भएको हो । आज करिब ४ः५० बजे घरनजिकैको मकैबारीमा मल लगाउँदै गर्दा परेको चट्याङले उनलाई लागेको थियो ।दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाइते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज साँझ ६ः२० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । आज लामो समयपछि झापाका केही स्थानमा चट्याङसहित छिटफुट वर्षा भएको थियो…

Read More